प्रतिबन्धित पटाका बेचेको आरोपमा व्यवसायी पक्राउ
प्रतिबन्धित पटाका बेचेको आरोपमा व्यवसायी पक्राउ


सिलगढ़ी, 12 अक्टोबर (हि. स.)। दीपावलीपूर्व सिलगढ़ी मेट्रोपलिटन पुलिसको डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)- ले प्रतिबन्धित पटाकाहरूको कारबारको भण्डाफोर गर्दै एकजना व्यवसायीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम सुबिर साहा हो।

पुलिस सूत्र अनुसार गुप्त सूचनाको आधारमा डीडीको टीमले गए शनिवार राती सिलगढ़ीको 21 नम्बर वार्ड अन्तर्गत रवीन्द्र नगर क्षेत्रस्थित एउटा घरमा छापा माऱ्यो। यस अवधि उक्त घरबाट 468 प्याकेट प्रतिबन्धित पटाका जफत गऱ्यो जसको अनुमानित बजार मूल्य लगभग 46 हजार रहेको बताइएको छ।

पुलिस सूत्र अनुसार आरोपी लामो समयदेखिकै अवैध पटाका कारबारमा संलिप्त रहँदै आएको थियो। आरोपीले आफ्नो घरमा दीपावली र काली पूजापूर्व प्रतिबन्धित पटाकाहरूको ठूलो भण्डारण गरेको थियो। डीडीको टीम अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande