- विदेशी भाषा कौशलबाट सशक्त हुनेछन् असमका युवावर्ग
गुवाहाटी, 12 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज गुवाहाटीमा मुख्यमन्त्रीको विदेशी भाषा पहल फर ग्लोबल ह्यूमन ट्यालेन्ट (सीएम-फ्लाइट) योजनाको शुभारम्भ गरे। यस कार्यक्रमको उदेश्य राज्यका युवाहरूलाई विदेशी भाषाको प्रशिक्षण दिएर उनीहरूलाई वैश्विक रोजगारका अवसरहरूको लागि तयार गर्नु हो।
मुख्यमन्त्रीले भनेए यो पहलले असमका युवाहरूलाई विदेशी भाषाहरूमा दक्ष बनाउनेछ जसबाट उनीहरूले विश्वभरि नै रोजगार प्राप्त गरेर आर्थिक रूपमा सशक्त बन्न सक्नेछन्।
कार्यक्रमको पहिलो चरणमा 180 जना युवाहरूलाई जापानी भाषासँगसँगै सांस्कृतिक प्रशिक्षण, रोजगार सहयोग औ आर्थिक सहायता प्रदान गरिनेछ। यस पहलबाट भारत-जापान सहयोग अझ गहिरो हुनेछ तथा असम र जापानबीच मानवीय सम्बन्धमा पनि सुदृढ़ता आउनेछ।
यो प्रशिक्षण गुवाहाटीस्थित नर्थ ईस्ट स्किल सेन्टरमा आसियान वान र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा संचालन भइरहेको छ। यसको उदेश्य युवाहरूलाई जापानको प्रतिष्ठित कार्य क्षेत्रहरूमा रोजगारको लागि तयार गर्नु अनि उनीहरूको करियरको सम्भावनालाई बढ़ाउनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा