मेदिनीपुर, 12 अक्टोबर (हि. स.)। राज्यभरि नै आज पुलिस सब-इन्स्पेक्टरको पदको लागि भर्ती परीक्षा आयोजना गरियो। यस परीक्षामा लाखौं उम्मेद्वारहरूले भाग लिए। मेदिनीपुर कलेज सामु उम्मेद्वारहरूको लामो ताँत देखियो जहाँ उम्मेद्वारहरू समयमै परीक्षा केन्द्रमा प्रवेश गर्नका लागि प्रतीक्षारत् थिए।
पुलिस सूत्र अनुसार परीक्षालाई शान्तिपूर्ण औ सुव्यवस्थित रूपमा सम्पन्न गराउनको लागि प्रत्येक परीक्षा केन्द्रमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको थियो। प्रवेश तथा पहिचान सत्यापनको लागि भिन्न-भिन्न काउन्टर अनि सुरक्षा जाँचको व्यवस्था पनि गरिएको थियो।
उम्मेद्वारहरूले बताए, हामी लामो समयदेखिकै पंक्तिबद्ध भएरा बसेका छौं। प्रशासनको व्यवस्था धेरै राम्रो छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा