दुष्कर्म पीड़ित परिवारसित भाजपा विधायकहरूको प्रतिनिधिमण्डलले भेट गऱ्यो
दुष्कर्म पीड़ित परिवारसित भाजपा विधायकहरूको प्रतिनिधिमण्डलले भेट गऱ्यो


जलपाइगढ़ी, 12 अक्टोबर (हि.स)। जिल्लाको राजगञ्ज ब्लकमा दुष्कर्मको शिकार भएकी नाबालिक युवतीको परिवारसित पाँच सदस्यीय भाजपा विधायकहरूको प्रतिनिधिमण्डलले आइतवार भेट गरेको छ। यस अवधि विधायकहरूले पीड़ित परिवारलाई कानूनी सहायता तथा हरसम्भव मद्दत गर्ने आश्वाशन दिएको छ।

प्रतिनिधिमण्डलमा सिलगढ़ीका विधायक शंकर घोष, डाबग्राम-फूलबाड़ीकी विधायक शिखा च्यटर्जी, फालाकाटाका विधायक दीपक बर्मन, माटीगाड़ा-नक्सलबाड़ीका विधायक आनन्दमय बर्मन औ फाँसीदेवाकी विधायक दुर्गा मुर्मू सामेल थिए। भाजपाका जलपाईगुड़ी जिल्ला अध्यक्ष श्यामल राय अनि जिल्लाका अन्य पार्टी नेताहरू पनि उपस्थित थिए।

उल्लेखनीय छ, राजगञ्जमा एकजना 13 वर्षीय नाबालिक युवतीसित दुष्कर्म गरेको आरोपमा एकजना बुजुर्ग व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम डालिम मोहम्मद हो। पीड़ित परिवारसित भेट गरेपछि सिलगढ़ीका विधायक शंकर घोषले पत्रकारहरूसित भने, विपक्षका नेता शुभेन्दु अधिकारी अनि प्रदेश अध्यक्ष शमिक भट्टचार्यको निर्देशमा हामी पीड़ित परिवारसित भेट गर्न पुगेका हौं। राजगञ्जमा भएको यस हृदय विदारक घटनाको साक्षी बनेको परिवारसित भेट गरेका छौं। परिवारलाई मानसिक र कानूनी समेत हरेक सहयोग गर्ने आश्वासन दिन्छौं। हामी आरोपीहरूलाई कड़ा सजाय दिलाउने पूर्ण प्रयास गर्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande