मुम्बई र उत्तर प्रदेशमा 7.1 करोड़ रुपियाँको ड्रग्स जफत, नौजना समातिए
मुम्बई र उत्तर प्रदेशमा 7.1 करोड़ रुपियाँको ड्रग्स जफत, नौजना समातिए


मुम्बई, 12 अक्टोबर (हि.स.)। महाराष्ट्रको मुम्बई क्राइम ब्राञ्चको एन्टी-नारकोटिक्स सेलले मुम्बई र उत्तर प्रदेश गरी 6 वटा स्थानमा छापा मारेर 7. करोड़ 1 लाख रुपियाँको ड्रग्स जफत गरेको छ। यस मामिलामा नौजना आरोपीहरूलाई पक्राउ गरिएको छ। पुलिसले यी आरोपीहरूसित गहन जाँचबुझ गरिरहेको छ।

क्राइम ब्राञ्चको एन्टी-नारकोटिक्स सेलका पुलिस उपायुक्त नवनाथ धावलेले आइतवार बताए, उनको टीमले गोपनीय सूचनाको आधारमा सान्तााक्रुज ईस्ट वकोलामा एकजना नाइजीरियनर नागरिकलाई कोकिन बेच्दै गर्दा पक्राउ गरेको थियो। उक्त नाइजीरियनबाट 5 करोड़ 23 लाख रुपियाँको 523 ग्राम कोकिन जफत गरिएको थियो। त्यसपछि उसित भएको जाँचबुझको आधारमा पुलिसले फेरि कुर्ला सीएसटी, मझगाउँ, घोड़पदेव, भायखला, बोरीवलीबाट पाँचजना मानिसहरूलाई 54 लाख 64 हजार रुपियाँको 211 ग्राम एमडीसितै पक्राउ गऱ्यो। पछि घाटकोपर यूनिटमा दर्ता एक मामिलाको सिलसिलामा उत्तर प्रदेशमा एक अन्तर्राज्यीय गिरोहका तीनजना आरोपीहरूलाई पक्राउ गरियो जसको कब्जाबाट 01 करोड़ 35 लाख रुपियाँको ड्रग्स जफत गरियो। पुलिसले बतायो, यस मामिलामा गरिएको छापामारीमा मोठ 9 जना ड्रग्स तस्करहरूलाई पक्राउ गरेर अग्रिम जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande