मुर्शिदाबादमा दुई लाख रुपियाँको नक्कली नोट जफत, दुई पक्राउ
मुर्शिदाबादमा दुई लाख रुपियाँको नक्कली नोट जफत, दुई पक्राउ


मुर्शिदाबाद, 12 अक्टोबर (हि. स.)। ज़िल्लाको शामशेरगञ्ज थानाको पुलिसले गए शनिवार राती एक विशेष अभियान संचालन गरी ठूलो सफलता हासिल गरेको छ। गुप्त सूचनाको आधारमा धुलियन गंगा घाट क्षेत्रमा छापा मारेर पुलिसले दुई संदिग्धलाई पक्राउ गऱ्यो।यी आरोपीहरूबाट लगभग दुई लाख रुपियाँको नक्कली नोट जफत गरियो।

पक्रा पर्ने आरोपीहरूको नाम तैमूर शेख (50) र फरिदा बीबी (38) हो। दुवै नै मालदह जिल्लाको वैष्णवनगर थाना अन्तर्गत हाजीपुर क्षेत्रका निवासी हुन्। पुलिसले यिनीहरूबाट लगभग एक लाख 99 हजार 5 सय रुपियाँको नक्कली नोट जफत गऱ्यो।

पुलिसको भनाइ छ, जफत गरिएको नक्कली नोटहरूको मात्रालाई देखेर यो अनुमान लगाइँदैछ कि यो एक ठूलो फेक करेन्सीको ऱ्याकेटको भागहो। प्रारम्भिक जाँचमा यो पनि शंका व्यक्त गरिएको छ, नक्कली नोटहरूको यो खेपलाई सीमावर्ती क्षेत्रबाट अवैध रूपमा देशमा ल्याइँदैथ्यो।

प्राप्त जानकारी अनुसार आरोपीहरूले स्थानीय बजारमा यी नक्कली नोटरहरूलाई फैलाउने योजना बनाइरहेका थिए। यस घटनापछि पुलिसले गस्ती बढ़ाएको छ। स्थानीय प्रशासनले पनि सतर्कता बढ़ाएको छ अनि विभिन्न बजार तथा सार्वजनिक स्थलहरूमा निगरानी राखिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande