लुटपाटको मामिलामा भगौड़ा आरोपी पक्राउ
लुटपाटको मामिलामा भगौड़ा आरोपी पक्राउ


नयाँ दिल्ली, 12 अक्टोबर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले शाहबाद डेयरी क्षेत्रमा आफ्नो साथीसित मिलेर लुटपाट गर्ने एकजना उपद्रवीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान कपिल उपनाम गढ़ाको रूपमा भएको छ। आरोपी पछिल्लो दश महिनादेखिको पुलिसलाई छक्याएर भाग्दै आएको थियो। पुलिसले उसको साथी हितेशलाई पहिला नै पक्राउ गरेको छ।

हितेशबाट पुलिसले लुटेको टेम्पो र घटनामा प्रयोग गरेको बाइकलाई जफत गरेको थियो। जाँचमा थाहा लाग्यो, आरोपीविरूद्ध गुरूग्राम सिटी अनि न्यू अशोक नगर क्षेत्रमा पहिलाबाटै दुई वटा मामिला दर्ता छ। उसले आफ्नो साथी हितेशसित मिलेर ग्यास बर्नर लादिएको टेम्पोलाई लुटेको थियो। पुलिसले आरोपीलाई जाँचबुझ गरिरहेको छ।

क्राइम ब्राञ्चका पुलिस उपायुक्त पंकज कुमारले बताए, 4 फरवरी, 2025-मा शाहबाद डेयरी क्षेत्रमा हतियारधारी उपद्रवीहरूले ग्यास बर्नर लादिएको टेम्पोलाई लुटेका थिए। लोकल पुलिसले मामिलामा हितेशलाई पक्राउ गरेको थियो भने अर्को आरोपी कपिल उपनाम गढ़ा भागेको थियो। उसलाई पनि पुलिसले पक्राउ गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande