बंगालमा डाक्टर छात्रासित सामूहिक दुष्कर्मः तीन संदिग्ध हिरासतमा, ड्रोनको माध्यमबाट खोजी अभियान जारी
बंगालमा डाक्टर छात्रासित सामूहिक दुष्कर्मः तीन संदिग्ध हिरासतमा, ड्रोनको माध्यमबाट खोजी अभियान जारी


कोलकाता, 12 अक्टोबर (हि. स.)। पश्चिम बर्धमान जिल्लाको दुर्गापुरस्थित एक निजी मेडिकल कलेजकी छात्रासित भएको सामूहिक दुष्कर्मको मामिलामा पुलिसले तीनजना संदिग्धहरूलाई हिरासतमा लिएको छ। हाल थानामा आरोपीहरूसित जाँचबुझ भइरहेको छ। पुलिसले कलेज परिसर तथा वरपरको क्षेत्रमा ड्रोन क्यामको सहयोगबाट खोजी अभियान शुरू गरेको छ। साथै फरेन्सिक टीमले पनि नमूना एकत्र गरिरहेको छ।

पीड़िता ओडिशाकी हुन् जसले दुर्गापुरको शोभापुरमा अवस्थित एक निजी मेडिकल कलेजमा डाक्टरको पढ़ाईँ गरिरहेकी छन्। गत शुक्रवार राती तिनी आफ्नो सहपाठीसित कलेज परिसर बाहिर गएकी थिइन्। आरोप छ, यसै अवधि केही युवकहरूले उसलाई जिस्काए अनि बलजफ्ती नजिकको जंगलमा लगेर सामूहिक दुष्कर्म गरे।

घटनाको जाँच गर्ने क्रममा पुलिसले सबैभन्दा पहिला छात्राकी सहपाठीलाई हिरासतमा लियो। अबेर राती अन्य दुईजना संदिग्धहरूलाई पनि पक्राउ गरियो। तथापि अहिलेसम्ममा कसैलाई पनि औपचारिक रूपमा पक्राउ गरिएको छैन। पुलिस सूत्रानुसार अन्य मानिसहरूलाई पनि पहिचान गरिसकिएको छ।

घटनामाथि कलेज प्रशासन गए शनिवार एक बयान जारी गरेको छ। कलेज अनुसार सीसीटीभी फुटेजमा छात्रालाई राती लगभग डेढ़ घण्टासम्म कलेज क्याम्पस बाहिर जाँदै गरेको देखिएको छ। पहिला छात्रा आफ्नो सहपाठीसित बाहिर गइन्, त्यसपछि एक्लै फर्किन्। केही समयपछि फेरि बाहिर गइन्। लगभग 40 मिनटपछि तिनी आफ्नो सहपाठीसित क्याम्पसमा फर्किन् अनि होस्टेलमा गइन्। होस्टेलमा साथीहरूलाई घटना बारे बताएपछि उसलाई तुरून्त अस्पतालमा लगियो।

फुटेज अनुसार तिनी राती 7:58 बजे कलेजदेखि बाहिर गएकी थिइन् भने 9:31 बजे होस्टेलमा फर्केकी थिइन्।

-------

राष्ट्रिय महिला आयोगको दखल-

घटना राष्ट्रिय महिला आयोगकी सदस्य अर्चना मजुमदारले पीड़ितासित भेट गरिन्। आयोगकी अध्यक्ष विजय राहाटकरले पश्चिम बंगाल पुलिस महानिदेशकलाई पत्र लेखेर दोषीहरूलाई यथाशीघ्र पक्राउ गर्ने अनि घटनाको निष्पक्ष जाँच गर्ने माग गरेकी छन्।

यसैबीच “पश्चिम बंगाल जूनियर डाक्टर्स फ्रण्ट”-ले पनि पारदर्शी जाँचको माग गरेको छ। यो त्यही संगठन हो जसले पछिल्लो वर्ष आरजी कर मेडिकल कलेजमा भएको यस्तै घटनाको विरोधमा भएको आन्दोलनको नेतृत्व गरेको थियो।

राज्य पुलिसले गए शनिवार राती बयान जारी गरी बतायो, महिलाहरूमाथि अत्याचारको मामिलामा “जीरो टलरेन्स”- को नीति अप्नाइन्छ तथा दोषीहरूलाई कुनै पनि अवस्थामा छोड़िनेछैन।

अर्कोतिर भारतीय जनता पार्टीले घटनाको विरोधमा सड़कमा उत्रेर राज्य प्रशासनविरूद्ध प्रदर्शन गऱ्यो। पार्टी कार्यकर्ताहरूले दुर्गापुरको न्यू टाउनशिप थानामा घेराउ गरे जसको नेतृत्व स्थानीय विधायक लक्ष्मण घोड़ुईले गरे।

राज्यकी महिला एवं बाल विकास मन्त्री शशि पाञ्जाले भनिन्, पुलिसले तुरून्त कारबाही शुरू गरेको छ। पीड़िता ओड़िशाकी हुन् र तिनले राज्य पुलिसको जाँचमाथि भरोसा व्यक्त गरेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande