मेघालयमा आईईडी जफत
मेघालयमा आईईडी जफत


रि-भोई (मेघालय), 12 अक्टोबर (हि.स.)। रि-भोई जिल्लाको उम्सिंग बजार क्षेत्रबाट पुलिसले इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) जफत गरेको छ। पुलिसले आइतवार बतायो, गए शनिवार राती एक सूत्रबाट सूचना प्राप्त भयो, उम्सिंग बजारस्थित एक अज्ञात परिसरमा एक बेवारिसे ब्यागमा संदिग्ध विस्फोटक राखेको छ।

सूचनाको आधारमा रि-भोई पुलिस टीमले एउटा अभियान शुरू गऱ्यो अनि मेघालय ग्रामीण ब्यांक एक परिसरमा एउटा ब्यागलाई जफत गऱ्यो। पछि बारूदको जाँच गर्नको लागि टीमलाई बोलाइयो। विशेषज्ञले पुष्टि गरे, बेवारिसे ब्यागमा विस्फोटक छ जसपश्चात टीमको विशेषज्ञतामा आईईडीलाई सफलतापूर्वक निष्क्रिय गरियो।

विश्लेषण गर्दा थाहा लाग्यो, आईईडीलाई विस्फोटकको रूपमा 4.7 किलोग्राम जिलेटिन, 10 डेटोनेटर तथा लगभग 50 फलामको रडका टु्क्राहरूलाई प्रयोग गरेर बनाइएको थियो।

सबै सतर्कताको साथमा संचालन प्रक्रिया अनुसार सबै सामग्रीहरूलाई चौकीमा जफत गरियो। अभियान अवधि कुनै पनि प्रकारको ज्यान-मालको क्षति भएन।

पुलिसले बतायो, एक संदिग्धको पहिचानलाई चिन्हित गरिएको छ जसलाई पक्राउ गर्नको लागि अभियान चलाइरहेको छ। यस सम्बन्धमा एक मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande