खरसाङ, 12 अक्टोबर (हि.स.)। खरसाङको सामी लाखाङ गुम्बाको बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले गौरी शंकर चियाबारीका अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरेका छन्। उनले गौरी शंकर चियाबारी निवासी अनिल राईलाई छवटा टिनको च्यादर प्रदान गरेका छन्।
गौरी शंकर चियाबारी निवासी अनिल राईको गत 22 सेप्टेम्बरको दिन आगलागीको घटनामा भान्सा घर जलेर खरानी बनेको थियो। राईको घरमा नै पुगेर बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले राहत सामग्री वितरण गरे। भेटको क्रममा उनलाई भेटघाट गरेर क्षय क्षतिको जायजा लिनुका साथै राहत सामग्री हस्तान्तरण गरे।
यस अवसरमा उनले परिवारलाई भेटेर सहानुभूति पनि प्रकट गरे। पीडित अनिल राईले बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेलाई सहयोगको लागि धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक