इम्फाल, 12 अक्टोबर (हि.स.)। हिंसा प्रभावित मणिपुरमा मादक पदार्थ एवं अवैध हतियारहरूविरूद्ध पुलिस एवं सुरक्षा बलहरूको अभियान निरन्तर जारी छ। मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी एक आधिकारिक बयानमा बताइएको छ, भिन्न-भिन्न अभियानहरूमा भारी मात्रामा मादक पदार्थ जफत गर्नको साथै तीनजना तस्करहरूलाई पक्राउ गरिएको छ।
पुलिस अनुसार इम्फालको इम्फाल थानान्तर्गत उत्तरी एओसी क्षेत्रबाट थौबल जिल्लाको थौबल मोइजिंग लिंगोइचिंग निवासी मुहम्मद वहिदुर रहमान (43)-लाई पक्राउ गरियो जसको कब्जाबाट लगभग 301 ग्राम वजन भएको 544 सेम्पलक्स+ क्याप्सुल जफत गरियो।
जाँचमा थाहा लागे अनुसार पक्रा पर्ने व्यक्ति मणिपुर पुलिस विभागमा कार्यरत राइफलम्यान हुन्। मणिपुर पुलिसले ती सबै सदस्यहरूप्रति कड़ा व्यवहार अप्नाउनेछ जो नशालु पदार्थहरूसित सम्बन्धित कुनै पनि अवैध गतिविधिमा लिप्त हुन्छ। अनुशासनात्मक कारबाही बाहेक यस्ता अपराधीहरूमाथि आपराधिक आरोपहरू सहित प्राथमिकी दर्ता गर्नु अनिवार्य छ।
यसरी नै अर्को अभियानमा सुरक्षा बलहरूले दुईजना ड्रग्स विक्रेताहरूलाई पक्राउ गरेको छ। यी विक्रेताहरूको पहिचान थौबल जिल्लाको लिलोंग लिटन मखोंग निवासी मोहम्मद खुर्शिद आलम (21) र इम्फाल पूर्वी जिल्लाको खेरगाओ अवांग लेइकाई निवासी मोहम्मद अकबर (37)- को रूपमा गरिएको छ। यिनीहरूको कब्जाबाट जफत गरिएका सामग्रीहरूमा लगभग 3 किलोग्राम हेरोइन र साइकोट्रपिक टसरेक्स-टीआर सिरपका आठ वटा बोतल, ड्रग्स बिक्री गर गरेको 9.7 लाख रुपियाँ, एउटा एसबीबीएल बन्दुक औ 02 (दुई) कारतूस, एउटा चार चक्के वाहन (हुण्डई क्रेटा) औ चार वटा मोबाइल फोन सामेल छन्। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी अग्रिम कारबाहीलाई जारी राखेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा