चिया बगानबाट चितुवाको शव उद्धार
चिया बगानबाट चितुवाको शव उद्धार


सिलगढ़ी, 12 अक्टोबर (हि.स.)। सिलगढ़ी महकुमाको खोरीबाड़ीस्थित एक चिया बगानबाट एउटा वयस्क चितुवाको शवलाई उद्धार गरिएको छ। यस घटनाको कारमले सचिन्द्र चन्द्र राय चिया बगानमा कोकोहोलो मचियो।

प्राप्त जानकारी अनुसार दुर्गा पूजापछि आइतवार बिहान श्रमिकहरू चिया बगानको पाँच नम्बर सेक्शनमा पत्ती टिप्न गएका थिए। पत्ती टिप्दै जाँदा दुर्गन्ध आएको कारणले उनीहरूलाई शंका लाग्यो। त्यसपछि उनीहरूले एउटा रुखमुनि चितुवाको शवलाई देखे। श्रमिकहरूके तुरून्तै चिया बगानका प्रबन्धकलाई सूचना दिए। बगान अधिकारीहरूले वन विभागलाई सूचना दिए। खबर पाउनसाथ घोषपुकुर रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगे। घटनास्थलमा स्थानीय मानिसहरू पनि ठूलो संख्यामा भेला भए।

स्थानीय मानिसहरूले बताए, चिया बगानमा धेरैवटा चितुवाहरू छन्। कहिले-कहिले श्रमिकहरूले पनि चिया बगानको सड़कमा चितुवाहरूलाई देख्ने गर्दछन्। श्रमिकहरूले माग गरे, वन विभागले चितुवालाई समात्ने व्यवस्था गरोस्।

वन विभागको सूत्र अनुसार वन कर्मीहरूले चितुवाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएका छन्। वन विभागले भन्यो, चितुवाको मृत्युको असली कारण पोस्टमर्टमपछि नै पत्तो लाग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande