लखनऊ, 12 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊस्थित बंथरा थाना क्षेत्रमा घटित सामूहिक दुष्कर्मको घटनालाई लिएर बहुजन समाज पार्टी (बसपा)- की राष्ट्रिय अध्यक्ष मायावतीले दुःख व्यक्त गरेकी छन्। उनले सरकारसित यस घटनाको संज्ञान लिएर कड़ा कारबाही गर्ने माग गरेकी छन्।
बसपा प्रमुख मायावतीले आइतवार साेशल मीडिया अकाउण्ट एक्समा पोस्ट गरिन्, राजधानी लखनऊको बंथरा क्षेत्रमा किशोरीसित सामूहिक दुष्कर्मको घटना अति दुःखदायी र लज्जास्पद छ। उत्तर प्रदेश लगायत देशका विभिन्न राज्यहरूमा महिला उत्पीड़नसँगसँगै दुष्कर्म अनि हत्या आदिका घटनाहरूले रोकिने नाम लिरहेको छैन। सरकारले यसको रोकथामको लागि प्रभावकारी कदम उठाउन अत्यावश्यक भएको छ। महिला सम्मान त टाड़ाको कुरा महिलाहरूको सुरक्षा पहिला अनि अत्यन्त आवश्यक छ।
उल्लेखनीय छ, बंथरा थाना क्षेत्रमा गए शनिवार अपरान्ह आफ्नी बहिनीसित भेट गर्नको लागि साथीसित घरबाट हिँड़ेकी किशोरीलाई केही युवकहरूले बाटोमै समाते। युवकहरूले किशोरीको साथीलाई कुटपिट गरेर त्यहाँबाट भाग्न बाध्य बनाए अनि युवतीसित सामूहिक दुष्कर्म गरे। मामिला संज्ञानमा आउनसाथ पुलिसले अबेर राती नै आरोपी ललितलाई भिड़न्तमा अनि उसको साथी मेराजलाई अन्य क्षेत्रबाट पक्राउ गऱ्यो। आरोप छ, यस अपराधमा विशाल गुप्ता, राजेन्द्र कश्यप र शिव कश्यप पनि सामेल थिए। पुलिसले पीड़िताको मेडिकल गराएर अन्य आरोपीहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा