मुम्बई,12 अक्टोबर ( हि.स.) मानसिक स्वास्थ्य अधिनियम 2017 केवल एक सरकारी दस्तावेज़ होइन जबकि प्रत्येक रोगीको गरिमासित जोड़िएको एक मानवीय दायित्व पनि हो। मानसिक रूपमा बिमार मानिसहरूको मानवाधिकारहरूको रक्षा गर्ने तथा उनीहरूलाई सम्मानपूर्वक जीवन जिउनमा सक्षम सेवा प्रदान गर्नु नै वास्तविक उपचार पद्धति हो, ठाणेका जिल्ला एवं सत्र न्यायाधीश सूर्यकान्त शिन्देले सो मार्मिक विचार व्यक्त गरे।
न्यायमूर्ति शिन्दे विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ठाणे क्षेत्रीय मनोरोग अस्पतालमा आयोजित एक कार्यक्रममा मुख्य अतिथिका रूपमा बोलिरहेका थिए। उनले भने, “मानसिक स्वास्थ्य अधिनियम 2017 लाई पालन गर्नु र त्यसको सिद्धान्तहरूलाई व्यवहारिक रूपमा लागू गर्नु प्रत्येक अधिकारी तथा कर्मचारीको कर्तव्य हो। यदि रोगीहरूप्रति करुणा, संवेदनशीलता औ सम्मान देखाइयो भने उपचार स्वतः प्रभावकारी हुनसक्छ।”
आफ्नो अध्यक्षीय भाषणमा चिकित्सा अधीक्षक डा. नेताजी मुलिकले भने, आजको व्यस्ततापूर्व जीवनमा केही मानिसहरू मानसिक तनाउले घेरिएका हुन्छन्। पुलिस, राजस्व, आपदा प्रबन्धन, अस्पताल जस्ता क्षेत्रहरूमा कार्यरत अधिकारी-कर्मचारीहरूले पनि मानसिक थकानको सामना गर्दछन्। त्यसैले हाम्रो अस्पतालका मनोचिकित्सकहरूले अब विभिन्न सरकारी कार्यालयहरूमा पुगेर मानसिक स्वास्थ्य परामर्श दिनेछन् अनि टेली-मानस 24×7 मानसिक स्वास्थ्य सेवाको बारेमा पनि मार्गदर्शन दिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा