उत्तर प्रदेशदेखि बंगलादेशसम्म मोबाइल तस्करीको भण्डाफोर, फरक्का जीआरपीको कब्जामा दुई तस्कर
उत्तर प्रदेशदेखि बंगलादेशसम्म मोबाइल तस्करीको भण्डाफोर, फरक्का जीआरपीको कब्जामा दुई तस्कर


मुर्शिदाबाद, 12 अक्टोबर (हि. स.)। पश्चिम बंगालको फरक्कामा जीआरपीले ठूलो कारबाही गर्दै तस्करीको अन्तर्राज्यीय गिरोहको खुलासा गरेको छ। उत्तर प्रदेशदेखि बंगलादेशसम्म मोबाइल फोन तस्करी गर्ने प्रयास गरिरहेको समय दुईजना युवकहरूलाई पक्राउ गरिएको छ। पुलिसले यी युवकहरूबाट 147 वटा मोबाइल फोन जफत गरेको छ। पुलिसले यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि यी मोबाइलहरूको तस्करीको पछाड़ि कुनै षड़यन्त्र त छैन र यस नेटवर्कमा को-को सामेल छ।

पुलिस सूत्र अनुसार पक्रा पर्ने आरोपीहरूमा दाऊद इब्राहिम (24) र तहीरूप शेख (25) सामेल छन् भने दुवै नै मालदह जिल्लाको कालियाचक निवासी रहेको बताइएको छ।

फरक्का जीआरपीले बताए मुताविक दुवै आरोपी उत्तर प्रदेशबाट अप ब्रह्मपुत्र मेल एक्सप्रेस ट्रेन मार्फत फरक्का आइपुगेका थिए। न्यू फरक्का स्टेशनको प्लेटफर्म नम्बर- 1 मा उत्रेर यिनीहरू कालियाचक जाने तयारी गरिरहेका थिए जीआरपीले गुप्त सूचनाको आधारमा यिनीहरूलाई समात्यो।

जाँच अवधि दुवैको ब्यागबाट 147 वटा मोबाइल फोन जफत गरियो। यिनीहरूसित यी मोबाइल फोनहरूको बारेमा सोध्दा यिनीहरूले सन्तोषजनक जवाफ दिन सकेनन्। त्यसपछि पुलिसले दुवैलाई पक्राउ गऱ्यो।

पुलिस अब यो पत्तो लगाउन जुटेको छ, यी मोबाइलहरूलाई बंगलादेश पठाउनुको पछाड़ि अन्तर्राष्ट्रिय तस्करी नेटवर्क वा आतंकवादी षड़यन्त्र त छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande