पश्चिमी सिंहभूम, 12 अक्टोबर (हि.स.)। पश्चिमी सिंहभूम जिल्लाको घने सारण्डा जंगलमा फेरि एक पटक नक्सलीहरूको आतंक फर्की आएको छ। प्रतिरोध सप्ताहको क्रममा गए शनिवार राती नक्सलीहरूले जराईकेला थाना अन्तर्गत कोलबोंगा गाउँस्थित एयरटेल कम्पनीको मोबाइल टावरलाई लक्षित गरेर आगो झोसिदिए।
स्थानीय मानिसहरू अनुसार लगभग 20 जनाको हतियारधारी नक्सलीहरूको टोली अबेर राती गाउँमा आयो अनि टावरको मुनि जड़ान गरिएको उपकरणहरूलाई पेट्रोल लगाएर जलाइदिए। हेर्दा-हेर्दै सम्पूर्ण सेटअप जलेर खरानी भयो। घटनालाई परिणाम दिएपछि नक्सलीहरूले व्यापक नाराबाजी गरे अनि क्षेत्रमा आफ्नो उपस्थितिको सन्देश दिने चेष्टा गरे।
ग्रामीणहरूको भनाइ छ, नक्सलीहरू यस हमलाको माध्यमबाट सञ्चार व्यवस्थालाई ठप्प बनाउन चाहन्छन् ताकि सुरक्षा बलहरूको गतिविधिको जानकारी बाहिर थाहा नहोस्। घटनापछि कोलबोंगा र वरपरका गाउँमा सन्त्राष फैलिएको छ।
एसपी अमित रेणुले बताए, सम्पूर्ण मामिलाको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा