पश्चिम बंगालमा सामूहिक दुष्कर्मकी शिकार ओडिया युवतीका पितासित मुख्यमन्त्रीले फोनमा गरे बातचित
पश्चिम बंगालमा सामूहिक दुष्कर्मकी शिकार ओडिया युवतीका पितासित मुख्यमन्त्रीले फोनमा गरे बातचित


भुवनेश्वर, 12 अक्टोबर (हि.स.)। ओडिशाका मुख्यमन्त्री मोहन चरण माँझीले गए शनिवार पश्चिम बंगालको दुर्गापुरमा सामूहिक दुष्कर्मको शिकार भएकी ओडिया युवतीका पितासित फोनमा कुराकानी गर्दै गहिरो संवेदना व्यक्त गरे। मुख्यमन्त्रीले यस दुःखदायी घटनामाथि पीड़ित परिवारप्रति आफ्नो सहानुभूति व्यक्त गर्दै राज्य सरकारको पक्षबाट हरेक सहायता प्रदान गर्ने आश्वासन दिए। यस आशयको जानकारी मुख्यमन्त्री कार्यालयद्वारा दिइएको हो।

उल्लेखनीय छ, पीड़िताका पिता ओडिशाको बालेश्वर जिल्लास्थित जलेश्वर क्षेत्रका निवासी हुन्। मुख्यमन्त्री माँझीले बातचित गर्दै भने, “तपाईकी छोरीसित भएको घटनाको बारेमा सुनेर म अत्यन्त दुःखी र मर्माहत भएको छु। एकजना पिताको रूपमा म तपाईको पीड़ा र मानसिक स्थितिलाई राम्ररी बुझ्न सक्छु।”

उनले भने, “तपाई निश्चिन्त रहनुहोस्, राज्य सरकारले हरसम्भव सहायता दिनेछ अनि तपाईकी छोरीको शीघ्र स्वास्थ्य लाभ तथा सामान्य जीवनमा फर्काउनको लागि यथासम्भव कदम उठाउनेछ।।”

यस अतिरिक्त मुख्यमन्त्रीले बालेश्वरका पुलिस अधीक्षक (एसपी)-लाई निर्देश दिएका छन्, उनले दुर्गापुर पुलिससित समन्वय राखुन् अनि पीड़ित परिवारलाई यथासम्भव सहायता उपलब्ध गराउन्। उनले यो पनि भने, यदि परिवारलाई कुनै अतिरिक्त सहयोगको खाँचो भए सरकारले तुरून्त त्यसको व्यवस्था गरिदिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande