नयाँ दिल्ली, 12 अक्टोबर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले दिल्ली विश्वविद्यालयबाट एमएससी र एम.फिल उतीर्ण गरेका एकजना लुटेरााई पक्राउ गरेको छ आरोपी डीयूको किरोड़ी मल कलेजको छात्र रहिसकेको छ। उसले कलेजबाट बीएससी अनर्स गरेको छ जसको पहिचान हरिनगर, सोहना, गुरुग्राम, हरियाणा निवासी दीप शुभम (32)-को रूपमा भएको छ।
वर्ष 2017- मा आरोपी एक्लैले सीतामढ़ी बिहारमा ब्यांक अफ इण्डियामा हमला गरेर त्यहाँबाट क्याश लुटेको थियो।आरोपीले पहिला रसायन विज्ञानको प्रयोग गर्दै पटाकामा केमिकल मिसाएर धुँवा निक्लिने बम बनायो। त्यसपछि यसैको सहारामा लुटपाटको घटनालाई परिणाम दियो। यस मामिलामा आरोपीलाई सजाय भइसकेको थियो।
आरोपी जमानत लिएर दिल्ली आयो अनि आएपछि कहिल्यै पनि अदालतमा गएन। दिल्ली आएपछि वर्ष 2021-मा आरोपीले भिन्न-भिन्न ज्वेलरलाई लक्षित गरेर लुट्यो। यस मामिलामा पुलिसले आरोपीलाई पक्राउ गऱ्यो। पछि उ जमानतमा बाहिर आयो। यस मामिलामा पनि उ कहिल्यै अदालतमा गएन। अदालतले उसलाई भगौड़ा घोषणा गरिदियो।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त हर्ष इन्दौराले बताए, गत 9 अक्टोरमा उनको टीमलाई सूचना प्राप्त भएको थियो कि मोडल टाउन क्षेत्रमा दुईजना ज्वेलरलाई लुटेर भागेको अपराधी हरिनगर, सोहना, गुरुग्राममा आइरहको छ। सूचना पाउनसाथ टीम गठन गरेर आरोपीलाई पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा