भाजपालाई रोक्नको लागि तृणमूल विधायकले वाम-कंग्रेसलाई तृणमूलको छत्रछायामा आउने आह्वान गरे
भाजपालाई रोक्नको लागि तृणमूल विधायकले वाम-कंग्रेसलाई तृणमूलको छत्रछायामा आउने आह्वान गरे


मुर्शिदाबाद, 12 अक्टोबर (हि.स.)। भाजपालाई पश्चिम बंगालको सत्तामा आउनदेखि रोक्नको लागि अब पश्चिम बंगालको सत्तारूढ़ तृणमूल कंग्रेसले नयाँ राजनीतिक समीकरण बनाउने प्रयास शुरू गरेको छ। मुर्शिदाबाद जिल्ला तृणमूल अध्यक्ष औ कांदीका विधायक अपूर्व सरकारले वाम दलहरू तथा कंग्रेसका कार्यकर्ताहरूलाई ममता ब्यनर्जीको छत्रछायामा आउने खुला निम्तो दिएका छन्। उनले भने, “साम्प्रदायिक शक्तिहरूविरूद्ध लड़्नका लागि सबै एकजुट हुनुपर्छ।”

कांदीका विधायक अपूर्व सरकारले मुर्शिदाबादको बेलडांगा ब्लकमा आयोजित तृणमूलको विजया सम्मेलनमा भने, कंग्रेस तथा वाम दल अब कहिल्यै पनि सत्तामा आउन सक्दैन। यो भविष्य स्पष्ट छ। उनीहरूले पाउने दुई-चार प्रतिशत भोटबाट भाजपालाई मात्र फाइदा हुन्छ। साम्प्रदायिक शक्तिहरूलाई लाभ नपुऱ्याउनको लागि उनीहरू ममता ब्यनर्जीको तृणमूल कंग्रेसको छत्रछायामा आउनुपर्छ।

उनले अझ भने, “यदि कंग्रेस र वाम दल तृणमूलसित मिलेन भने उनीहरूलाई प्राप्त भएको भोट सोझै भाजपाको खातामा पुग्छ।” यद्यपि यसमाथि प्रतिक्रिया व्यक्त गर्दै माकपा नेता सुजन चक्रवर्तीले तीव्र हमला गरे। उनले भने, यो सबै झुटो हो। बंगालमा भाजपालाई तृणमूलले नै ल्याएको हो। के अपूर्व सरकारले यसको घोषणा गर्नेछन् कि भाजपालाई ल्याउने जिम्मेवारी कसको थियो? वास्तवमा भाजपाको उत्थानको लागि तृणमूल जिम्मेवार छ। भाजपालाई हटाउने कुरा गरेर तृणमूल स्वयं त्यै मार्गमा अग्रसर भइरहेको छ। नाम अलग, काम त्यै हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande