फतेहपुर, 12 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको फतेहपुर जिल्लामा गाजीपुर थाना क्षेत्रमा पारिवारिक विवादको कारण पत्नीको गोली दागेर हत्या गरेपछि पतिले पनि आत्महत्या गऱ्यो।
पुलिस अधीक्षक अनूप कुमार सिंहले आइतवार बताए, गाजीपुर थाना क्षेत्रको लमेहटा गाउँ निवासी मुकेश कुमार (30) ले आपसी विवादको कारण आफ्नी पत्नी गुड़िया (27) को गोली दागेर हत्या गऱ्यो। मृतक दम्पत्तिका तीन छोरी
दिव्यांशी, प्रियांशी र जियांशी छन्। सोधपुछमा परिजनहरूबाट थाहा लागेको छ, शनिवार साझँ परिवारका सबै सदस्यहरूले एकसाथ खाना खाए औं फेरि सुत्न गए। मृतक मुकेशका आमा-बाबू र जेठी छोरी आंगनमा सुतिरहेका थिए जबकि मुकेश र गुड़िया कमरामा थिए।
परिजनहरूले बताए, आज बिहान जियांशी रोएको आवाज सुनेर परिजन कमरामा पुग्दा बुहारी गुड़ियाको शव ओछ्यानमा रगतमा लतपत अवस्थामा थियो र छेवैमा छोराको शव लड़ेको थियो। छेवैमा पेस्तोल पनि थियो। घटनाको सूचना पाएर पुलिसले शवहरूलाई कब्जामा लिएर फोरेन्सिक टीमको साथ साक्ष्य जुटायो। प्रारम्भिक जाँचमा यो घटना पारिवारिक विवादको कारण हत्या र आत्महत्याको रूपमा अघि आएको छ। शवहरूलाई पोस्टमार्टमको निम्ति पठाउँदै कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी