आईसीएआर सिक्किम केन्द्रमा विशेष कृषि कार्यक्रमले किसान सशक्तिकरणप्रति प्रधानमन्त्रीको प्रतिबद्धतालाई दर्शायो
आईसीएआर सिक्किम केन्द्रमा विशेष कृषि कार्यक्रमले किसान सशक्तिकरणप्रति प्रधानमन्त्रीको प्रतिबद्धतालाई दर्शायो


गान्तोक, 12 अक्टोबर ​(हि.स.)। एनईएच क्षेत्रको लागि आईसीएआर अनुसन्धान परिसर, सिक्किम केन्द्र, तादोङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी मार्गदर्शनमा राष्ट्रव्यापी कृषि पहुँच अभियान अन्तर्गत 11 अक्टोबर, 2025 मा एक विशेष कृषि कार्यक्रम आयोजन गऱ्यो।

यो कार्यक्रम आईसीएआर सिक्किम केन्द्रको क्षेत्रीय केन्द्रका प्रमुख (एचओआरसी) डा. अशोक कुमारको नेतृत्वमा आयोजित गरिएको थियो र यसमा सिक्किमका सबै जिल्लाहरूको 300 भन्दा अधिक किसानहरूको उत्साहपूर्वक भाग लिएका थिए। आईसीएआर सिक्किम केन्द्र, तादोङका सबै वैज्ञानिकका साथसाथै आईसीएआर-कृषि विज्ञान केन्द्र (केभीके), रानीपुल, पूर्व सिक्किमका वरिष्ठ वैज्ञानिक र प्रमुख तथा विषयवस्तु विशेषज्ञ (एसएमएस) हरूले कार्यक्रममा सक्रिय रूपमा भाग लिए एवं किसान-वैज्ञानिकबीच संवाद र टिकाऊ कृषि पद्धतिहरूमाथि प्राविधिक चर्चालाई सुगम बनाए।

यो कार्यक्रमको उद्देश्य पूर्वोत्तर हिमाली क्षेत्रमा कृषि अनुसन्धान, नवाचार र किसान सशक्तिकरणलाई मजबुत पार्नका लागि भारत सरकारको निरन्तर प्रतिबद्धतालाई उजागर गर्नु रहेको थियो। कार्यक्रमको उद्देश्य किसान, वैज्ञानिक, नीति निर्माता र कृषि उद्यमीहरूलाई एक साथ ल्याउनु थियो, जसले यस क्षेत्रको अद्वितीय कृषि-पारिस्थितिक अवस्था अनुरूप टिकाऊ र जलवायु अनुकूल कृषि पद्धतिहरूबारे चर्चा गर्नु रहेको थियो।

यो कार्यक्रमले जैविक र पर्यावरण अनुकूल कृषिलाई बढ़ावा दिनमा एका महत्त्वपूर्ण कोसेढुङ्गालाई पनि चिह्न लगाउँछ, जसको लागि सिक्किम एक आदर्श राज्यको रूपमा खड़ा छ। यो कार्यक्रम एनईएच क्षेत्रको लागि आईसीएआर अनुसन्धान परिसरको 49 औँ स्थापना दिवस समारोहसँगै भयो, जसले आफ्नो स्थापनादेखि नै यस क्षेत्रमा वैज्ञानिक हस्तक्षेप र प्रविधि प्रसारको लागि एक महत्त्वपूर्ण केन्द्रको रूपमा सेवा गर्दै आइरहेको छ।

कार्यक्रमको समापन सबै सहयोगी आईसीएआर संस्थान र सम्बन्धित विभागहरूलाई धन्यवाद ज्ञापनका साथ भयो, जसमा पूर्वोत्तर हिमाली क्षेत्रमा वैज्ञानिक हस्तक्षेप र किसान सशक्तिकरणको माध्यमद्वारा ‘विकसित भारत ऽ2047’ का लक्ष्यहरूलाई प्राप्त गर्नका लागि आईसीएआरको प्रतिबद्धतालाई पुष्टि गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande