अन्तर सिक्किम दिवाली फुटबल टुर्नामेन्ट 2025 शुरू
अन्तर सिक्किम दिवाली फुटबल टुर्नामेन्ट 2025 शुरू


पाकिम, 12 अक्टोबर ​(हि.स.)। पाकिम ​जिल्लाको कार्थोकस्थित बोजेटार खेलमैदानमा आजदेखि अन्तर सिक्किम दिवाली फुटबल टुर्नामेन्ट 2025 शुरू भएको छ। राज्य खेलकुद एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेतले प्रतियोगिताको उद्घाटन गरे।

यस फुटबल प्रतियोगिताको आयोजना जीएएमबीओएस पाकिमले गरेको हो। क्षेत्र विधायक पामिन लेप्चा यस प्रतियोगिताको प्रमुख संरक्षक रहेकी छन्। यस प्रतियोगिताको समापन 2 नोभेम्बरमा हुनेछ। आज पाकिम युनाइटेड भेटरन र फायरबर्ड एससी तथा युडीएफसी र विसल वरियर्सबीच उद्घाटन खेल सम्पन्न भयो।

यस प्रतियोगितामा कूल 39 दल सहभागी बनेका छन्। प्रतियोगिताका विजेतालाई नगद 1.50 लाख रूपियॉं र उपविजेतालाई नगद एक लाख रूपियॉं प्रदान गरिने छ। उद्घाटन समारोह अन्तर्गत पारखा र सुमिन समूहहरूले सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande