सामूहिक दुष्कर्ममा फरार दुई आरोपी पक्राउ
सामूहिक दुष्कर्ममा फरार दुई आरोपी पक्राउ


लखनऊ, 12 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊको बन्थरा थाना क्षेत्रमा शनिवार सामूहिक दुष्कर्मको घटनाको केही घण्टापछि पुलिसले दुई आरोपीलाई पक्राउ गऱ्यो। पुलिसको गोलीले एक आऱोपी घाइते भयो, जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। पुलिसको एक टीम अन्य आऱोपीहरूलाई खोज्नमा जुटेको छ।

पुलिस उपायुक्त दक्षिण (डीसीपी) साउथ निपुण अग्रवालले आइतवार बताए, बन्थरा थाना क्षेत्र निवासी एक पीड़ित परिवारले मुद्दा दर्ता गराएको छ। जसमा भनिएको छ कि उनकी छोरी आफ्नी दिदीसंग बस्छिन्। शनिवार उ दिउसो बजार गएकी थिइ। बाटोमा उसले आफ्नो साथी भेटाएपछि उसित कुरा गर्दै बगैंचातिर गई। सोही अवधि त्यहाँ बस्ने ललित, मेराज, छोटू, बाबू र विशाल पुगे। उनीहरूले उसका साथीलाई कुटेर लखेटे औं उनकी किशोरी छोरीसित सामूहिक दुष्कर्म गरे। दुष्कर्मको कुरा कसैलाई बताए ज्यानले मार्ने धम्की पनि दिए।

अबेर साझँ घर पुगेपछि पीड़ित किशोरीले परिवारलाई सबैकुरा बताई। पीड़ितका बाबूले यस सम्बन्धमा सबै विरूद्ध मुद्दा दर्ता गराए। पुलिसले कारबाही गर्दै केही घण्टाभित्र आरोपी मेराज र ललितलाई पक्राउ गऱ्यो। यसमा ललित पुलिस भिड़न्तमा समातियो र खुट्टामा पुलिसको गोली लाग्दा घाइते भएको छ। घटनामा फरार अन्य आरोपीलाई खोज्नमा पुलिस टीम जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande