जीटीएको डेपुटी चेयरम्यानको उपस्थितिमा जीर्णावस्थामा रहेको सोनादादेखि ओह्रालो जाने रोडलाई लिएर सभा
जीटीएको डेपुटी चेयरम्यानको उपस्थितिमा जीर्णावस्थामा रहेको सोनादादेखि ओह्रालो जाने रोडलाई लिएर सभा


सोनादा, 12 अक्टोबर (हि.स.)। सोनादादेखि ग्यारेज लाइन हुँदै रमिते, नाली चउर, पचेङ भएर रंगमुक, सिडर्स, मुण्डा जाने रोड वर्तमानमा अत्यन्तै जीर्णावस्थामा रहेकाले रोड विषय लिएर आज लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन पचेङ शाखाको सभा सम्पन्न भयो। उक्त सभा संगठनका सभापति अनरेरी क्याप्टन एलबी राईको अध्यक्षतामा सम्पन्न भयो।

सभा लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन‌ पचेङ शाखाको कार्यालयमा सम्पन्न भएको थियो। भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनका प्रतिनिधिहरु यस रोडको मरमत्तिको विषयलाई लिएर जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई भेट्न जाने योजना रहेको थियो, तर डेपुटी चेयरम्यान राजेस चौहान स्वयं सभामा उपस्थित बनेका थिए‌‌।

सभामा पूर्व सभासद महेन्द्र प्रधान, सुकदेव राई, सोनाम तामाङ लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। सभामा सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोडको मरमत्तिको लागि के कसो गर्नुपर्ने र यस रोडको समस्या कसरी समाधान गर्नुपर्ने हो भन्ने विषयमा छलफल गरियो। आगामी 14 अक्टोबरको दिन पुन: लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको कार्यालयमा सभा गरिने भएको छ।‌

उक्त सभामा सोनादादेखि रमिते, नाली चउर, पचेङ, रंगमुक, मुण्डा सिडर्स क्षेत्रको विभिन्न समाजका प्रतिनिधिहरुलाई उपस्थित भइदिने अनुरोध गरिएको छ। यसका साथै यस क्षेत्रका चालकहरुलाई पनि सभामा उपस्थित भइदिने अनुरोध भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको तर्फबाट भूतपूर्व सैनिक अनरेरी क्याप्टन एलबी राईले गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande