जयशंकरले क्यानाडाली समकलाई भने: ‘पूरक अर्थतन्त्र र विविधता नै सम्बन्धको आधार हो’
जयशंकरले क्यानाडाली समकलाई भने: ‘पूरक अर्थतन्त्र र विविधता नै सम्बन्धको आधार हो’


नयाॅं दिल्ली, १३ अक्टोबर (हि.स.)। भारतका विदेश मन्त्री डा. एस. जयशंकरले सोमबार आफ्नो क्यानाडाली समकक्ष अनिता आनन्दसँग द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मार्क कार्नीबीच भएको भेटका सकारात्मक भावनालाई अगाडि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

जयशंकरले भने, “हाम्रो जिम्मेवारी सहकार्यलाई पुनः सही मार्गमा ल्याउन र दुवै प्रधानमन्त्रीका अपेक्षाहरू पूरा गर्नका लागि काम गर्नु हो। जब हामी क्यानाडालाई हेर्छौं, हामी एउटा पूरक अर्थतन्त्र, खुला समाज, विविधता र बहुलवाद देख्छौं। हाम्रो विश्वास छ कि यही तत्वहरू नै दीर्घकालीन र स्थायी सहकार्यको आधार हुन्।”

विदेश मन्त्री जयशंकरले आज दिल्लीस्थित हैदराबाद हाउसमा अनिता आनन्दसँग औपचारिक बैठक गरे। बैठकको शुरुवातमा उनले भने, “आज दुवै पक्षले व्यापार, लगानी, कृषि, विज्ञान–प्रविधि, असैन्य आणविक सहकार्य, कृत्रिम बुद्धिमत्ता, महत्वपूर्ण खनिज र ऊर्जा लगायतका क्षेत्रहरूमा सहकार्य विस्तार गर्न एक महत्वाकांक्षी रोडम्याप तय गरेका छन्।”

जयशंकरले यसमा खुसी व्यक्त गर्दै भने, भारत र क्यानाडाका दुवै उच्चायुक्तहरूले आफ्ना राजधानीहरूमा पदभार ग्रहण गरिसकेका छन् र आजको बैठकमा सहभागी पनि छन्। उनले जोड दिए, भारत–क्यानाडा सम्बन्धको एक लामो परम्परा रही आएको छ, जसमा दुवै देशले विश्व मामिलामा सक्रिय भूमिका खेलेका छन्।

विदेश मन्त्रीले भने, “अनीता आनन्दको यो भारत यात्रा वैश्विक परिदृश्यको समीक्षा गर्न र विचार साटासाट गर्नको लागि महत्त्वपूर्ण अवसर हो।” उनले थपे, पछिल्ला केही महिनामा भारत–क्यानाडा सम्बन्धमा निरन्तर प्रगति भइरहेको छ, र दुवै देशले साझेदारीका लागि आवश्यक संयन्त्रहरू पुनः सक्रिय बनाइरहेका छन्। प्रधानमन्त्री मोदीले पनि कानानसकीसमा भएको भेटमा भनेका थिए, “भारतको दृष्टिकोण सधैं सकारात्मक सोचका साथ अगाडि बढ्नु हो।”

मेहमान नेत्री अनिता आनन्दले आज प्रधानमन्त्री मोदीसँग व्यक्तिगत भेट पनि गरिन्। उनले १८ सेप्टेम्बरमा दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भएको बैठकलाई “महत्त्वपूर्ण कदम” बताइन्। साथै उनले हालैका अन्य बैठकहरूको पनि उल्लेख गरिन्।

क्यानाडाकी विदेश मन्त्रीले आफ्नो प्रारम्भिक वक्तव्यमा दुवै देशबीचका सम्बन्धलाई फेरि पटरीमा ल्याउने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “दुवै सरकार सम्बन्धलाई अझ मजबुत बनाउन सहमत छन्। हामी संयुक्त रूपमा यो सम्बन्धलाई वर्तमान र दीर्घकालीन सन्दर्भमा, विशेष गरी हिन्द–प्रशान्त क्षेत्रका पारस्परिक प्राथमिकताहरूमा ध्यान दिँदै, अगाडि बढाउने प्रतिबद्धता लिन्छौं।”

उनले यस प्रसङ्गमा भारत–क्यानाडा संयुक्त वक्तव्यको उल्लेख गरिन् र भनिन् कि यसमा महत्त्वपूर्ण खनिज, कृत्रिम बुद्धिमत्ता र ऊर्जा जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरू समेटिएका छन्।

अनिता आनन्दले थपिन्, “केही हप्ताअघि यहाँ सुरक्षा र कानूनी कार्यान्वयनका अधिकारीहरूबीच भएको बैठक निकै फलदायी रह्यो। यी संवादहरू भविष्यमा पनि निरन्तर जारी रहनेछन्, र हाम्रो दुवै सरकार यी कुराकानीको महत्त्वमा पूर्ण रूपमा सहमत छन्।”

-------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande