
नयाँ दिल्ली, 13 अक्टोबर (हि.स.)। रेल मन्त्री अश्विनी वैष्णवले 15 देखि 17 अक्टोबरसम्म यहाँ भारत मण्डपममा आय़ोजित हुने 16औं अन्तरराष्ट्रिय रेलवे उपकरण प्रदर्शनी (आईआरईई 2025) को उद्घाटन गर्नेछन्।
सीआईआई व्यापार मेला परिषदका अध्यक्ष बी त्यागराजनले सोमवार यहाँ पत्रकारहरूलाई बताए, भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा रेल मन्त्रालयको सहयोगले यस प्रदर्शनीमा चीन र रूस सहित 15 भन्दा धेरै देशहरूका 400 भन्दा अधिक प्रदर्शकले भाग लिनेछन्। जसले 30 हजारभन्दा अधिक अत्याधुनिक रेलवे र मेट्रो उत्पादहरू, नवाचारहरू र टिकाऊ समाधानहरूको प्रदर्शन गर्नेछन्। आईआरईई 2025 एक महत्वपूर्ण मंच हो, जसले भारतीय रेलवेलाई वैश्विक प्रौद्योगिकी दिग्गजहरूसित जोड्दछ। यसले भारतको इन्जीनियरिङ उत्कृष्टतालाई दर्शाउँदछ साथै टिकाऊ एवं कुशल रेलवे समाधानहरूमा सहयोगलाई बढ़ाउँदछ।
त्यागराजनले भने, रेल मन्त्रालयको सहयोगले आईआरईई 2025 को उद्देश्य नवाचारलाई प्रोत्साहन दिनु, व्यापार साझेदारीलाई सुविधाजनक बनाउनु र रेलवे प्रौद्योगिकीमा भारतको बढ्दो क्षमताहरूलाई प्रदर्शित गर्नु हो।
रेलवे बोर्डमा कार्यकारी निदेशक (सूचना र प्रचार) दिलीप कुमारले भने, आईआरईई 2025 वैश्विक रेलवे प्रणालीको यो सबैभन्दा ठूलो आय़ोजन हो। यसमा 15 भऩ्दा अधिक देशहरूको निर्माताहरूले भाग लिइऱहेका छऩ्। भारतको कुरा गर्नुपरे भारतीय रेलवे, रेलवेको पीएसयू र जोनल रेलवेका प्रोडक्शन एकाईहरूले पनि हिस्सा लिनेछन्। 2047 सम्म विकसित भारतको लक्ष्यमा आत्मनिर्भर भारतको महत्व त छ नै साथै अन्तरराष्ट्रिय स्तरमा ‘मेड इन भारत’ लाई प्रोत्साहन दिनमा यो आयोजनले अहम भूमिका निभाउनेछ। प्रदर्शनीलाई मेक इन भारत र आत्मनिर्भर भारत जस्ता पहलहरू अन्तर्गत रेल आधुनिकीकरण र विनिर्माणमा आत्मनिर्भरताको भारतको महत्वाकांक्षी लक्ष्यहरूलाई प्राप्त गर्ने दिशामा एक ठूलो कदमको रूपमा हेरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी