ईडीले कफ सिरप मृत्यु मामिलामा श्रीसन फार्माका सात ठेगानामा छापा माऱ्यो
ईडी


चेन्नई, 13 अक्टोबर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले कफ सिरपले भएको मृत्युसित सम्बन्धित मामिलाहरूमा सोमवार श्रीसन फार्माको चेन्नई स्थित ठेगानाहरू र तमिलनाडू ड्रग कन्ट्रोल विभागका अधिकारीहरूको ठेगानाहरूमा छापा मारेको छ। केन्द्रिय जाँच एजेन्सीले यो छापा धन शोधन निवारण अधिनियम, 2002 (पीएमएलए) अन्तर्गत गरेको हो।

आधिकारिक सूत्रहरू अनुसार, ईडीले जुन ठेगानाहरूमा छापा मारेको छ, त्यसमा तमिलनाडू औषधि नियन्त्रण कार्यालय (ड्रग कन्ट्रोल विभाग) का शीर्ष अधिकारीहरूको आवास पनि सामेल छ। केन्द्रिय जाँच एजेन्सीले यो कारबाही मध्य प्रदेश र तमिलनाडूमा श्रीसन फार्मास्युटिकल्स विरूद्ध दर्ता पुलिस शिकायतहरूको संज्ञान लिँदै धन शोधन विरोधी कानून अन्तर्गत एक आपराधिक मामिला दर्ता भएपछि गरेको हो।

उल्लेख्य, कोल्ड्रिफ कफ सिरप खाएको कारण मध्य प्रदेश र राजस्थानमा हालमा 20 भऩ्दा धेरै नानीको ज्यान गइसकेको छ। यसले गर्दा किडनी खऱाब भइऱहेको छ। श्रीसन फार्मा कम्पनीमा कोल्ड्रिफ कफ सिरपको उत्पादन गरिन्छ। यस मामिलामा कम्पनीका मालिक 73 वर्षीय जी रंगनाथनलाई 09 अक्टोबरमा पक्राउ गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande