पुडुचेरी, 13 अक्टोबर (हि.स.)। केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले सोमवार केन्द्र शासित प्रदेश पुडुचेरीमा लगभग 2,000 करोड़ रूपियाँभऩ्दा अधिक लागतको तीन राष्ट्रिय राजमार्ग परियोजनाहरू राष्ट्रलाई समर्पित गरे। उनले इन्दिरा गान्धी स्क्वायर र राजीव गान्धी स्क्वायरलाई जोड्ने लगभग चार किलोमीटर लामो एलिवेटेड कोरिडोरको आधारशिला पनि राखे।
नितिन गडकरीले आज पुडुचेरीमा 2,000 करोड़ रूपियाँभन्दा अधिकको लागतको 3 राष्ट्रिय राजमार्ग परियोजनाहरू राष्ट्रलाई समर्पित गरे, जसमा राष्ट्रिय राजमार्ग 32 को 38 किलोमीटर लामो चार लेनको पुदुचेरी-पून्डियनकुप्पम सेक्शन सामेल छ। यसलाई 1,588 करोड़ रुपियाँको लागतले विकसित गरिएको छ। नितिन गडकरीले थट्टान्जावडी कृषि परिसरमा आयोजित समारोहमा 25.05 करोड़ रुपियाँको लागतको 13.63 किलोमीटरको दूरीसम्म ईसीआर सड़कको सुधार कार्यको पनि शिलान्यास गरे।
मन्त्री नितिन गडकरीले जुन एलिवेटेड कोरिडोरको निर्माणको शिलान्यास गरे, त्यसको निर्माण 436 करोड़ रूपियाँको लागतले हुनेछ। यो इन्दिरा सिग्नलदेखि राजीव सिग्नलसम्म 3.877 किलोमीटर लामो छ। यो इन्दिरा गान्धी स्क्वायरदेखि
430 मीटर दक्षिणमा शुरू हुनेछ र ईस्ट कोस्ट रोडमा राजीव गान्धी स्क्वायरदेखि 620 मीटर उत्तरमा सामाप्त हुनेछ। यसको मुख्य भाग 1,150 मीटर लामो र 20.5 मीटर चौड़ा हुनेछ। यो कोरिडोर 430 मीटर दक्षिणदेखि शुरू भएर 100 फुट लामो सड़कमा बनेको छ। यो इन्दिरा स्क्वायरदेखि 620 मीटर उत्तरमा ईसीआर रोडमा उत्रिनेछ। यसको कूल लम्बाई 2,200 मीटर छ। इन्दिरा स्क्वायरमा 17 मीटर लामो आन्तरिक व्यासको एक अग्लो फ्लाईओवरको निर्माण गरिनेछ। पूर्वमा इन्दिरा स्क्वायरदेखि बस स्ट्याण्डसम्म 863 मीटर लामो फ्लाईओवर कनेक्शन बनाइनेछ र पश्चिममा विल्लुपुरमतिर 300 मीटर लामो फ्लाईओवर कनेक्शन बनाइनेछ।
सम्बन्धित विभागका अधिकारीहरूले बताए, राजीव स्क्वायरमा 40 मीटर लामो आन्तिक व्यास भएको एक गोलाकार फ्लाईओवर बनाइनेछ। तिन्डीवनमतिर 524 मीटर लामो कनेक्शन बनाइनेछ। यो परियोजना पूरा भएपछि यातायातसित जोड़िएको समस्या कम हुनेछ। भीड़मा 55 प्रतिशतसम्मको कमी आउनेछ र यात्राको समय 35 मिनटदेखि घटेर 10 मिनट रहनेछ। प्रतिदिन लगभग 60 हजार वाहन यसबाट गुज्रिनेछन्, जसबाट वाहनहरूको ईन्धनको खपतमा उल्लेखनीय कमी आउनेछ। लगभग 9 लाख मानिसहरूलाई यसबाट लाभ हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी