शिवसेना यूबीटी नेता संजय राउत भए अस्वस्थ, फोर्टिस अस्पतालमा गराइयो भर्ती
शिवसेना यूबीटी नेता संजय राउत भए अस्वस्थ, फोर्टिस अस्पतालमा गराइयो भर्ती


मुम्बई, 13 अक्टोबर (हि.स.)। महाराष्ट्रको शिवसेना यूबीटी नेता संजय राऊतको सोमवार अचानक स्वास्थ्य बिग्रियो र उनलाई तत्काल भान्डुप स्थित फोर्टिस अस्पतालमा भर्ती गराइएको छ। अहिले संजय राऊतको अवस्था स्थिर छ।

संजय राऊत सदा झैं आज आफ्नो आवास विक्रोलीमा पत्रकार वार्तालाई सम्बोधित गरिरहेका थिए। पत्रकार वार्ता समाप्त भएपछि उनले आफूलाई असहज महसूस गर्नथाले। यसपछि उनलाई तत्काल फोर्टिस अस्पतालमा भर्ती गराइयो, जहाँ राऊतको उपचार जारी छ।

उल्लेख्य, गत वर्ष संजय राऊतलाई हार्टको समस्या आएपछि मुम्बईको लीलावती अस्पतालमा भर्ती गराइएको थियो। यसपछि गत महिना उनको मेडिकल चेकअप फोर्टिस अस्पतालमै गरिएको थियो। खबर लेखिञ्जेलसम्म फोर्टिश अस्पतालबाट कुनै प्रकारको अधिकृत जानकारी दिइएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande