पटना, ०२ अक्टोबर (हि.स.)। बिहारको कैमूर जिल्लाको दुर्गावती थाना क्षेत्र अन्तर्गत छज्जूपुर पोखरी नजिक एनएच १९ मा बिहीबार भएको भीषण सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
पुलिसका अनुसार, रोहतास जिल्लाबाट उत्तर प्रदेश जाँदै गरेको एक स्कर्पियोले पछाडिबाट कन्टेनरलाई जोरदार ठक्कर दियो। ठक्कर यति प्रचण्ड थियो कि स्कर्पियोका पूर्ण रूपमा क्षतिग्रस्त भएको छ चालकसहित तीनै जनाको घटनास्थलमै मृत्यु भयो। मृतकमा एक महिला र दुई पुरुष रहेका छन्। त्यस्तै, सात जना गम्भीर घाइते भएका छन्, जसमध्ये चारको अवस्था गम्भीर ताइएको छ।
दुर्घटनाको खबर पाएपछि एनएचएआई टोली र दुर्गावती थाना पुलिसले घटनास्थलमा पुगेर घाइतेहरूलाई गाडीबाट निकालेर नजिकैको अस्पताल पठायो, जहाँ डाक्टरहरूले गम्भीर अवस्थाका कारण उनीहरूलाई ठूलो अस्पतालमा रेफर गरे।
मृतकहरूको पहिचान झारखण्डको अंसार नगर निवासी ४८ वर्षीय मुस्लिम अंसारी, रोहतास जिल्लाको नेकरा गाउँ निवासी ४५ वर्षीय मुन्ना अंसारी र ६० वर्षीया रजिया खातूनका रूपमा भएको छ। घाइतेहरूमा हजरा खातून, उमर अंसारी र अशरफ अंसारी रहेका छन्। अन्य घाइतेहरूको पहिचानको प्रयास जारी छ।
घाइते परिवारका सदस्य मंसूर आलम अंसारीले सदर अस्पताल भभुआ पुगेर जानकारी दिए कि सबै व्यक्ति सासाराम थाना क्षेत्रको नेकरा गाउँबाट उत्तर प्रदेश जाँदै थिए।
दुर्गावती थाना एसआई विजेन्द्र कुमारले जानकारी दिए, स्कर्पियो सासारामबाट बनारसतर्फ जाँदै थियो, जब छज्जूपुर पोखराको नजिक कन्टेनरसँग ठक्कर भयो। दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएका छन्, जसको उपचार जारी छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी