प्रधानमन्त्रीले पूर्वी दिल्लीको रामलीला समारोहमा दशहरा मनाउने
प्रधानमन्त्रीले पूर्वी दिल्लीको रामलीला समारोहमा दशहरा मनाउने


नयाँ दिल्ली, २ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक यमुनापार (पूर्वी दिल्ली) मा रावण दहन कार्यक्रममा सहभागी हुनेछन्। उनी आईपी एक्सटेन्सनस्थित श्रीरामलीला कमिटी इन्द्रप्रस्थको कार्यक्रममा उपस्थित हुनेछन्, जहाँ ७२ फिट अग्लो रावणको पुतला दहन गरिनेछ।

यस रामलीलामा चार पुतलाहरू दहन गरिनेछ। परम्परागत रावण, कुंभकर्ण र मेघनादका अतिरिक्त चौथो पुतलाको पनि दहन हुनेछ। यो चौथो पुतला पहलगामका आतंकवादीहरूको प्रतीक हुनेछ, जसलाई आतंकवादविरुद्ध भारतको दृढ इच्छाशक्तिको प्रतीक मानिएको छ। आयोजकहरूका अनुसार, यो पुतलाले युवाहरुलाई सन्देश दिनेछ कि राक्षसी प्रवृत्तिहरूबाट केवल संघर्ष गरेर मात्र मुक्ति पाउन सकिन्छ।

यस समारोहमा धेरै चलचित्रका हस्तीहरूका साथै दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र केन्द्रिय राज्य मन्त्री हर्ष मल्होत्रा पनि उपस्थित हुने सम्भावना छ। प्रधानमन्त्री मोदीको आगमनलाई ध्यानमा राख्दै क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande