पण्डित छन्नूलाल मिश्रको निधनमा प्रधानमन्त्रीले व्यक्त गर्दै भने, आफ्नो कलाले संसारलाई समृद्ध बनाए
PM Modi inaugurates Semicon India 2025 at Yashoobhoomi ,New Delhi on September 2,2025.


नयाँ दिल्ली, २ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सुप्रसिद्ध शास्त्रीय गायक पण्डित छन्नूलाल मिश्रको निधनमा गहिरो दुःख व्यक्त गर्दै उनी भारतीय शास्त्रीय संगीतका महान दिग्गज भएको बताए। बिहीबार एक्समा तस्वीरहरू साझा गर्दै प्रधानमन्त्रीले भने, पण्डित मिश्रले आफ्नो कलाले मात्र भारतलाई नभई सम्पूर्ण संसारलाई समृद्ध बनाएका छन्।

प्रधानमन्त्री मोदीले लेखे, “सुप्रसिद्ध शास्त्रीय गायक पण्डित छन्नूलाल मिश्र जीको निधनले अत्यन्त दुःख पुगेको छ। उनी जीवनभर भारतीय कला र संस्कृतिको समृद्धिका लागि समर्पित रहे। उनले शास्त्रीय संगीत जन–जनसम्म पुर्‍याए मात्र होइन, भारतीय परम्परालाई विश्व मञ्चमा प्रतिष्ठित गर्न पनि अमूल्य योगदान दिए। मेरो सौभाग्य रह्यो कि म सदैव उनको स्नेह र आशीर्वाद पाउँथेँ। सन् २०१४ मा उनी वाराणसी निर्वाचन क्षेत्रमा मेरो प्रस्तावक पनि थिए। यस दुःखको क्षणमा म उनका परिवार र प्रशंसकप्रति गहिरो संवेदना प्रकट गर्दछु।”

उल्लेखनीय छ, बिहीबार पद्मभूषण सम्मानित शास्त्रीय गायक पण्डित छन्नूलाल मिश्रको ९१ वर्षको उमेरमा निधन भएको छ। लामो समय रोगसँग जुद्दै आएका पण्डित मिश्रले मिर्जापुरमा बिहीबार बिहान ४:१५ बजे अन्तिम सास फेरे। उनी सेप्टीसीमिया नामक रोगसँग संघर्षरत थिए। जानकारी अनुसार, उनको अन्त्येष्टि वाराणसीमा हुनेछ।

हिन्दुस्तानी शास्त्रीय संगीतको बनारस घरानाका प्रतिष्ठित गायक तथा विशेष गरी ख्याल र ‘पूरब अंग’–ठुम्रीका प्रवर्तक पण्डित छन्नूलाल मिश्रले संगीत यात्रामा आफ्नो विशिष्ट छाप छोडेका छन्। ठुम्री, दादरा, चैती र भजन गायनमार्फत भारतीय संगीत समृद्ध बनाउने छन्नूलाल मिश्रले शास्त्रीय संगीतलाई सामान्य जनसम्म पुर्‍याए।

३ अगस्त, १९३६ मा आजमगढ़मा जन्मेका पण्डित मिश्रले वाराणसीलाई आफ्नो कर्मभूमि बनाएका थिए। उनी २०२० मा पद्म विभूषण, २०१० मा पद्मभूषण र २००० मा संगीत नाटक अकादमी पुरस्कारबाट सम्मानित भइसकेका छन्। सन् २०१० मा उनलाई यश भारती पुरस्कार पनि प्रदान गरिएको थियो।

छन्नूलाल मिश्र अल इन्डिया रेडियो र दूरदर्शनमा शीर्ष ग्रेड कलाकार रहिसकेका छन्। उनी संस्कृति मन्त्रालय (उत्तर–केन्द्रिय) सरकारका सदस्यसमेत रहेका थिए।

सन् २०१४ को लोकसभा चुनावमा जब नरेन्द्र मोदीले पहिलो पटक वाराणसी निर्वाचन क्षेत्रबाट चुनाव लड्ने निर्णय गरे, तब पण्डित छन्नूलाल मिश्र उनका प्रस्तावक बनेका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande