प्रख्यात शास्त्रीय गायक पण्डित छन्नूलाल मिश्रको निधन
Channulal Mishra


नयाँ दिल्ली, २ अक्टोबर (हि.स.)। पद्मभूषण सम्मानित शास्त्रीय गायक पण्डित छन्नूलाल मिश्रको ९१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका पण्डित मिश्रले मिर्जापुरमा बिहीबार बिहान सवा चार बजे अन्तिम सास लिएका हुन्। उनी सेप्टीसीमिया नामक रोगसँग संघर्षरत थिए। प्राप्त जानकारी अनुसार, उनको अन्त्येष्टि वाराणसीमा गरिनेछ।

हिन्दुस्तानी शास्त्रीय संगीतको बनारस घराना, विशेषगरी ख्याल र ‘पूरब अंग’ ठुमरीका प्रतिपादक पण्डित छन्नूलाल मिश्रले आफ्नो संगीत यात्रामा विशेष छाप छोडेका थिए। ठुमरी, दादरा, चैती र भजन गायनमार्फत भारतीय संगीतलाई समृद्ध बनाउन उनी अग्रणी थिए। उनले शास्त्रीय संगीतलाई आमजनसम्म पुर्‍याएका थिए।

३ अगस्ट १९३६ मा आजमगढ़मा जन्मेका पण्डित छन्नूलाल मिश्रले वाराणसीलाई आफ्नो कर्मभूमि बनाए। उनलाई सन् २०२० मा पद्म विभूषण, सन् २०१० मा पद्मभूषण, सन् २००० मा संगीत नाटक अकादमी पुरस्कार तथा सन् २०१० मा यश भारती सम्मान प्रदान गरिएको थियो।

छन्नूलाल मिश्र अल इन्डिया रेडियो र दूरदर्शनका शीर्ष श्रेणीका कलाकार रहिसकेका छन्। उनी संस्कृति मन्त्रालय (उत्तर–केन्द्रिय) भारत सरकारका सदस्यसमेत रहेका थिए।

सन् २०१४ को लोकसभा चुनावमा जब नरेन्द्र मोदीले पहिलो पटक वाराणसी सीटबाट उम्मेदवारी दिने निर्णय गरेका थिए, त्यसबेला छन्नूलाल मिश्र उनका प्रस्तावक बनेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande