शिमला, 20 अक्टोबर (हि.स.)। राजधानी शिमलामा एक छक्क पार्ने अनलाइन लोन धोकाधड़ीको मामिला अघि आएको छ।
य़समा एक महिलाको ब्याङ्क खातामा केही सेकेन्डमै छह लाख रूपियाँभऩ्दा अधिकको राशि ट्रान्सफर गरियो। महिलाले यस सम्बन्धमा पुलिससित शिकायत गरेकी छन्। यसपछि मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।
यो मामिला जबलपुर (मध्य प्रदेश) निवासी पायल बसुको शिकायतमा दर्ता भएको छ। शिकायतकर्ता पायल बसु अनुसार, 13 अक्टोबरमा उनको ब्याङ्क खातामा एकाएक तीन अलग-अलग लोनको रकम आय़ो। यसमा एक लाख पचास हजार रूपियाँ, दुई लाख चालीस हजार चार सय उन्नीस रूपियाँ र दुई लाख पचास हजार रूपियाँ सामेल छ। कूल छह लाख चालीस हजार चार सय उन्नीस रुपियाँको राशि उनको खातामा हालियो। पायलको भनाई छ, उनले कुनैपनि लोनको निम्ति अनुमति दिएकी थिइनन् न त कुनै आवेदन गरेकी थिइन्।
शिकायत पाइएपछि पुलिसले तुरन्तै मामिला दर्ता गरी जाँच शुरू गरेको छ। थाना बालूगंजमा भारतीय न्याय संहिता (बीएनएस) को धारा 318(4) अन्तर्गत मामिला दर्ता गरिएको छ। कसैले उनको व्यक्तिगत वा ब्याङ्किङ जानकारीको दुरूपयोग गरी यो साइबर धोकाधड़ी गरेको हुनसक्ने बताइँदैछ। अहिले पुलिसले ब्याङ्क रेकर्ड र डिजिटल ट्रान्जेक्शनको छानबीन गरिरहेको छ ताकि यो रकम कहाँबाट आयो र कसले यो लोन प्रोसेस गऱ्यो, यसको खुलासा हुनसकोस्।
हिन्दुस्थान समाचार / भवानी थामी