पटना, 20 अक्टोबर (हि.स.)। बिहार विधानसभा चुनाउको दोस्रो चरणको मतदानको लागि नामांकन प्रक्रिया आज सम्पन्न हुनेछ। नामांकन प्रक्रिया गत 13 अक्टोबरदेखि शुरू भएको थियो जुन आज 20 अक्टोबरमा अन्तिम दिन हो।
नामांकन पत्रहरूको जाँच मंगलवार 21 अक्टोबरमा हुनेछ। उम्मेद्वारहरूले आगामी 23 अक्टोबरसम्ममा आफ्नो नामांकनलाई फिर्ता लिन सक्नेछन्। दोस्रो चरणमा 122 वटा सीटको लागि मतदान आगामी 11 नोभेम्बरमा हुनेछ भने मतगणना 14 नोभेम्बरमा हुनेछ।
राजनीतिक दलहरूबीच प्रचारको गतिविधि तीव्र भइसकेको छ। केही सीटहरूमा त्रिकोणीय तथा चतुष्कोणीय स्पर्धा हुने सम्भावना छ। प्रशासनको पक्षबाट निष्पक्ष, शान्तिपूर्ण एवं पारदर्शी चुनाउ स्पन्न गराउने तयारी द्रूत गतिमा गरिँदैछ
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा