मुख्यमन्त्री सरमाले दिए काली पूजा अनि दीपावलीको शुभकामना
मुख्यमन्त्री सरमाले दिए काली पूजा अनि दीपावलीको शुभकामना


गुवाहाटी, 20 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पावन पर्व काली पूजा एवं दीपावलीको अवसरमा प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, दीपहरूको पर्वले सबैको जीवनलाई आलोकित बनाओस् अनि समाजमा सुख, शान्ति र समृद्धिको सन्देश लिएर आओस्। काली पूजाको अवसरमा डा. शर्माले प्रार्थना गरे, माँ कालीको आशीर्वादले समाजबाट सबै नकारात्मक तथा अमंगल हटेर जाओस् अनि सबैको जीवनमा खुशियाली र शान्ति सञ्चार होस्।

सम्पूर्ण राज्यभरि नै दीपावली एवं काली पूजाको उत्सव छ। बजार, घर सबै ठाउँ प्रकाशको अत्यन्त मनमोहक तयारी गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande