हजारीबाग, 20 अक्टोबर (हि.स.)। हजारीबागको हुरहुरु क्षेत्रमा सोमवार सम्मोहन गरेर लुटेको मामिला प्रकाशमा आएको छ। अज्ञात अपराधीहरूले एकजना महिलाको सुनको चेन र औंठी लुटे। प्राप्त जानकारी अनुसार हुरहुरु निवासी मालती देवी सदा जस्तै आज पनि पूजा गर्नको लागि घरदेखि मन्दिर तर्फ गइरहेकी थिइन्। यसै अवधि केही अज्ञात युवकहरू उनी समक्ष पुगे अनि पानी पिउने बाटो सोध्न लागे। बातचित गर्दा-गर्दै अपराधीहरूले तिनलाई फसाएर सुनको चेन अनि औंठी लिएर भागे। त्यसपछि मालती देवीले घटनाको जानकारी आफ्नो छोरालाई दिइन्। छोराले तुरून्तै बजार थानालाई सूचना दिए।
थाना प्रभारी पंकज कुमारको नेतृत्वमा पुलिस टीमले घटनास्थलमा पुगेर घटनास्थलको निरीक्षण गऱ्यो। पुलिसले अपराधीहरूलाई चिन्हित गर्नको लागि वरपरका सीसीटीभी क्यामराको फुटेजको जाँच गरिरहेको छ। उनले अझ बताए, प्रारम्भिक जाँचमा यो मामिला सम्मोहन गरेर लुटपाट गरेको प्रतीत हुन्छ। अपराधीहरूलाई पक्राउ गर्नको लागि एउटा विशेष टीम गठन गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा