प्रसिद्ध सेवकेश्वरी काली मन्दिरमा उर्लियो भक्तहरूको भीड़
प्रसिद्ध सेवकेश्वरी काली मन्दिरमा उर्लियो भक्तहरूको भीड़


सिलगढ़ी, 20 अक्टोबर (हि.स.)। सेवकेश्वरी काली मन्दिर जसलाई सेवोके काली मन्दिरको नामले पनि चिनिन्छ, एक प्रसिद्ध तथा पवित्र मन्दिर हो जुन सिलगढ़ी नजिकै कोरोनेशन ब्रिजमा टिस्टा नदीको किनारमा अवस्थित छ।

यो मन्दिर देवी कालीप्रति समर्पित छ भने हरियाली वातावरण अनि कञ्चनजङ्गा पर्वतको सुन्दर दृश्यको लागि पनि प्रसिद्ध छ। यसै प्रसिद्ध माँ सेवकेश्वरी काली मन्दिरमा श्यामा पूजाको आयोजन भइरहेको छ जहाँ सोमवार बिहानदेखिकै भक्तहरूको भीड़ उर्लिरहेको छ।

यस ऐतिहासिक मन्दिरको स्थापना सिलगढ़ीको आश्रमपाड़ा निवासी नीरेन्द्रनाथ सान्यालले वर्ष 1950-मा गरेका थिए। तथापि शुरूमा यो मन्दिर एउटा टिनको शेडमा थियो। तर वर्ष 1972-मा कंक्रिटको मन्दिर बनाियो। हरेक वर्ष श्यामा पूजाको दिन माँको पूजा अनि विभिन्न धार्मिक अनुष्ठानहरू रातभरि हुन्छ। आज पनि रातभरि नियमानुसार पूजा हुनेछ। उत्तर बंगालका विभिन्न भागहरूबाट हजारौं भक्तुुहरू माँ सेवकेश्वरीको दर्शन गर्न आइरहेका छन्। पहाड़ी क्षेत्र भक्ति अनि श्रद्धाको वातारणले भरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande