दिल्लीका मुख्यमन्त्री, विधानसभा अध्यक्ष एवं मन्त्रीहरूले दिए दीपावलीको शुभकामना
दिल्लीका मुख्यमन्त्री, विधानसभा अध्यक्ष एवं मन्त्रीहरूले दिए दीपावलीको शुभकामना


नयाँ दिल्ली, 20 अक्टोबर (हि.स.)। दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता, विधानसभा अध्यक्ष विजेन्द्र गुप्ता तथा दिल्लीका अन्य मन्त्रीहरूले देशवासीहरूलाई दीपावलीको शुभकामना दिए। उनीहरूले एक्स पोस्टमा भने, यो पावन पर्वले तपाईहरूको जीवनमा सुख, समृद्धि तथा रिद्धि-सिद्धिको अमर धारा प्रवाहित गरोस्। तपाईहरूको घर-आँगनमा आनन्द, स्नेह र सौभाग्यको स्थायी निवास होस्।

मुख्यमन्त्रीले भनिन्, प्रत्येक दिन मंगलमय रहोस्, हरेक प्रयत्न सफल होस् तथा जीवनमा सदा शान्ति, प्रेम एवं प्रगति सञ्चार भइरहोस्। माँ लक्ष्मीको कृपा, प्रभु श्रीराम अनि माता सीताको आशीषले तपाईहरूको जीवनमा आलोकित गरिरहोस्। उनले भनिन्, यो पावन पर्वले अन्धकारदेखि प्रकाश तर्फ दोहोऱ्याँछ जसले हाम्रो जीवनमा ऊर्चा सञ्चार गर्छ। यस वर्षको दीपावली दिल्लीको लागि अभूतपूर्व छ। एकातिर पर्यावरण अनुकू 'ग्रीन पटाका'-हरूको साथमा उल्लास मनाउने अनुमति छ भने अर्कोतिर स्वाधीनतापछि पहिलो पटक कर्तव्य पथमा भव्य 'दिव्य दीपोत्सव' -को आयोजन भयो। लाखौ दियोहरूको श्रृंखलाले झलमल्ल भयो कर्तव्य पथ, आस्था र आधुनिकताको संगमको प्रतीक बनेको छ। यो दीपोत्सव नयाँं भारतको संकल्प शक्ति एवं सांस्कृतिक पुनर्जागरणको प्रतीक हो।

विजेन्द्र गुप्ताले प्रकाश एवं उत्साहको पावन पर्व दीपावलीको सबैलाई बधाई एवं शुभकामना दिँदै भने, यो पर्वले तपाईहरूको जीवनमा नयाँ ऊर्जा, उमंग, सुख, समृद्धि एवं सफलताको प्रकाश फैलाओस्। दिल्लीका लोक निर्माण विभागीय मन्त्री प्रवेश साहिब सिंहले दीपावलीको शुभकामना दिँदै माँ लक्ष्मी र भगवान गणेशसित सबैको जीवनमा सुख, समृद्धि एवं शान्ति सञ्चार होस् भनी कामना गरे। यसरी नै शिक्षा मन्त्री आशीष सूदले दीपावलीको हार्दिक शुभकामना दिनको साथै यसपालि सबै मिलेर भोकल फर लोकललाई अप्नाउने अनि स्वदेशी उत्पादहरूलाई प्रेरित गर्ने संकल्प लिने आग्रह गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande