उत्कृष्ट शिक्षाको लागि दिल्ली सरकारले 325 करोड़ रुपियाँ जारी गरिसकेको छ
उत्कृष्ट शिक्षाको लागि दिल्ली सरकारले 325 करोड़ रुपियाँ जारी गरिसकेको छ


नयाँ दिल्ली, 20 अक्टोबर (हि.स.)। दिल्ली सरकारले शिक्षाको क्षेत्रमा निरन्तर नयाँ आयाम स्थापना गरिरहेको छ। वित्त वर्ष 2025-26को अहिलेसम्ममा 325 करोड़ रुपियाँको धनराशि विद्यार्थीहरूको समग्र विकास एवं आधुनिक शिक्षण ढाँचाको सुदृढ़ीकरणको लागि जारी गरिसकिएको छ। सो जानकारी सोमवार सीएमओ दिल्ली एक्समा साझा गरिएको छ।

पोस्ट मुताविक दिल्ली विश्वविद्यालयसित संबद्ध 12 वटा कलेजहरूलाई वेतन, पूर्वाधार एवं संचालनको लागि 108 करोड़ रुपियाँको सहायता प्रदान गरिएको छ ताकि उच्च शिक्षा संस्थानहरू अझ बढ़ी सक्षम एवं सुसंगठित बन्न सकुन्। साथै रखरखाउ तथा स्वच्छताको लागि 24 करोड़ रुपियाँको अतिरिक्त स्वीकृति दिइएको छ जसबाट परिसर स्वच्छ, सुरक्षित औ अध्ययनको लागि प्रेरक रहिरहोस्। हरेक विद्यार्थीलाई उत्कृष्ट शिक्षा, हरेक शिक्षकलाई सम्मान एवं हरेक संस्थानलाई सशक्त आधार दिनु नै सरकारको उदेश्य हो। दिल्लीलाई शिक्षाको क्षेत्रमा यस्तो वैश्विक केन्द्र बनाउनु जन ज्ञान, कौशल एवं नवाचारको उदाहरण बनोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande