
कोलकाता, 20 अक्टोबर (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लास्थित रघुनाथगंज क्षेत्रमा पुलिसले गए आइतवार एकजना महिलालाई हतियारहरूसितै पक्राउ गरेको छ। पुलिस अनुसार महिलाको ब्यागबाट पाँच वटा सेमी-अटोमेटिक 7 एमएम पेस्तोल र 24 कारतूस जफत गरियो। उक्त महिलाको पहिचान लालगोला थानान्तर्गत कृष्णापुरनिवासी साधना हालदारको रूपमा भएको छ।
सोमवार एक आधिकारिक बयानमा पुलिसले बतायो, साधनालाई उमरपुर क्षेत्रको फरक्का-बाउण्ड बस स्ट्याण्डबाट पक्राउ गरिएको हो जतिबेला उ एउटा वाहनदेखि अर्को वाहनमा सवार भइरहेकी थिई।
पुलिसले अझ बतायो, साधनाले फरक्काको एनटीपीसी क्षेत्रबाट हतियार ल्याएर मुर्शिदाबादको सागरपाड़ा क्षेत्रमा तस्करी गर्ने योजना बनाएकी थिई। तर रघुनाथगञ्ज थानाको पुलिसलाई अगावै एक विश्वसनीय सूत्रले यस सम्बन्धमा जानकारी दिसकेको थियो। योजना अनुसार पुलिसले उमरपुरमा घेराबन्दी गरेर खोजी अभियान संचालन गऱ्यो जसमा हतियार सहित महिलालाई पक्राउ गरियो।
जंगीपुर पुलिसका एकजन् वरिष्ठ अधिकारीले बताए, “गोपनीय सूचनाको आधारमा हामीले यस महिलाको जाँच गरिरहेका थियौं जसले आइतवार हतियारहरूको तस्करी गर्न लागेकी थिई। उ एउटा वाहनबाट उत्रेर अर्को वाहनमा सवार हुनसाथ हाम्रा अधिकारीहरू घटनास्थलमा पुगे। जाँच गर्दा उसको ब्यागमा पाँच वटा पेस्तोल र 24 वटा कारतूस भेटियो। त्यसपछि उसलाई पक्राउ गरियो। आर्म्स एक्टका धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ।”
सूत्रको भनाइ छ, आगामी वर्ष 2026 को विधानसभा चुनाउपूर्व राज्यका विभिन्न भागहरूमा हतियार तस्करीका घटनाहरू बढ़्दो छ। रघुनाथगञ्ज पुलिसले पाँच वटा हतियारको जफतीलाई ठूलो सफलता बताएको छ।
पुलिसले बतायो, महिलालाई सोमवार जंगीपुर अदालतमा पेश गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा