मालदह, 20 अक्टोबर (हि.स.)। ज़िल्लाको रतुआ थानाको पुलिसले तत्काल कारबाही गर्दै एकजना युवकलाई बिहारबाट सकुशल उद्धार गऱ्यो जसलाई कथित रूपमा अपहरण गरिएको थियो।
घटना गए आइतवारको हो जतिबेला रतुआ थानालाई डायल 112-को माध्यमबाट सूचना प्राप्त भयो, एकजना व्यक्तिलाई बलजफ्ती वाहनमा बसाेर दुर्गापुरको बाटो नकटी हुँदै बिहार लगिँदैछ। सूचना पाउनसाथ नकटी पुलमा पुलिसले नाका जाँच शुरू गऱ्यो अनि एउटा संदिग्ध वाहनलाई रोक्यो।
जाँचमा थाहा लाग्यो, अपहृत व्यक्तिको नाम बिष्णु मण्डल (25) हो जो उत्तर बालुपुर बन्धुटोला गाउँंका भूपति मण्डलका पुत्र हुन् भने आरोपी व्यक्तिको नाम हसन (34) हो जो रतुआ थाना क्षेत्रमा बस्छन्। यी दुई साथी-साथी हुन् र एकसाथ व्यापार गर्दै आएका थिए।
पुलिस अनुसार गत 19 अक्टोबरको दिन हसनले आफ्नो साथी बिष्णु मण्डललाई आफ्नो स्कुटी मार्फत बिहारको कटिहार जिल्लास्थित अहमदाबाद थाना अन्तर्गत बागलागढ़ पठाएको थियो। तर त्यहाँ पुग्दा बिष्णुलाई हसनका मानिसहरूले बन्धक बनाए। बिहारका ती मानिसहरूले दाबी गरेका थिए, हसनसित उनीहरूले पैसा पाउनुथियो, त्यसैले जबसम्म पैसा पाउँदैन तबसम्म उनीहरूले बिष्णुलाई छाड़्ने छैनन्।
रतुआ थानाको पुलिस टीमले मोबाइल टावर लोकेशनको आधारमा तुरून्त कारबाही गर्द बिहार पुलिसको सहयोगमा बिष्णु मण्डललाई बागलागढ़बाट खोजेर निकाल्यो। पछि उसलाई रोशन थाना क्षेत्रको लावा गाउँ पुलिसको सहयोगमा सकुशल उद्धार गरेर रतुआमा ल्याइयो। घटनाको सम्बन्धमा पीड़ितको दाज्युले सिकायत गरेका थिए। पुलिसले सम्पूर्ण प्रकरणको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा