दुर्गापुर ग्यांग रेपमा नयाँ मोड़ः दुईजना आरोपीलाई पुलिसले दियो राहत, रिमाण्ड हुँदाहुँदै पनि जेलमा पठाइदियो, बनाउनेछ सरकारी गवाह
दुर्गापुर ग्यांग रेपमा नयाँ मोड़ः दुईजना आरोपीलाई पुलिसले दियो राहत, रिमाण्ड हुँदाहुँदै पनि जेलमा पठाइदियो, बनाउनेछ सरकारी गवाह


कोलकाता, 20 अक्टोबर (हि. स.)। दुर्गापुर मेडिकल कलेजकी छात्रासित भएको साहूकि दुष्कर्मको मामिलामा जाँच अब निर्णायक मोड़मा पुगेको छ। पुलिसले यस मामिलामा पक्राउ छह जना आरोपीहरूध्ये दुई जना क्रमैले शेख रियाजुद्दीन र सफिक शेखलाई ठूलो राहत दिएको छ जसबाट प्रश्नहरू उठिरहेका छन्।

यस मामिलामा पक्रा पर्ने सबै छःजना आरोपीहरूलाई अदालतले आगामी 22 अक्टोबरसम्म पुलिस रिमाण्डमा पठाएको छ, तर यी दुई आरोपीलाई रिमाण्ड पूरा हुन अगावै पुलिसले कुनै जमानत याचिका बिनै स्वतः अदालतमा पेश गऱ्यो। त्यो पनि आइतवार अवकाशकालीन पीठमा। त्यसपछि यिनीहरूलाई जेल हिरासतमा पठाइएको छ।

सूत्रको भनाइ छ, पुलिसले दुवैलाई सरकारी गवाह (प्रसिक्यूशन विटनेस) बनाउने तयारी गरिरहेको छ।

भनिन्छ, पुलिसले यी दुईलाई मेजिस्ट्रेट सामु गोपनीय बान (सीआरपीसीको धारा 164 अन्तर्गत) दर्ता गराउन लिएर गएको थियो, तर कुनै कारणवश त्यो प्रक्रिया पूरा हुन सकेन। त्यसपछि दुवैलाई न्यायिक हिरासतमा पठाइयो।

दुर्गापुर महुकमा अदालतका एकजना अधिवक्ताले बताए, सम्भवत जाँचमा रियाजुद्दीन र सफिकविरूद्ध कुनै ठोस प्रमाण भेटिएन होला। त्यसैले उनीहरूलाई मुख्य आरोपीविरूद्ध गवाही दिनको लागि सरकारी गवाह बनाउनसक्छ।

यसबीच पीड़ितालाई अस्पतालबाट छुट्टी दिइएको छ। हाल तिनलाई त्यै मेडिकल कलेज परिसरमा पुलिस सुरक्षामा राखिएको छ।

स्मरण गराइन्छ, यो मामिला गत 10 अक्टोबरको राती भएको थियो जतिबेला द्वित्तीय वर्षका छात्रा आफ्नो सहपाठीसित कलेजको साउथ गेटदेखि बाहिर गएकी थिइन्, तर पछि पीड़िताको बयान र जाँचमा स्पष्ट भयो कि उसित एकजना व्यक्तिले दुष्कर्म गरेको थियो। यस मामिलामा उसको सहपाठी वासिफ अलीलाई पनि पक्राउ गरिएको छ जो यस मामिलाको मास्टरमाइण्ड रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande