परवेज रसुलले क्रिकेटबाट बिदा लिए
परवेज रसुलले क्रिकेटबाट बिदा लिए


श्रीनगर, 20 अक्टोबर हि.स.। भारतलाई प्रतिनिधित्व गर्ने जम्मू-कश्मीरका पहिलो क्रिकेटर परवेज़ रसुलले खेलका सब प्रारूपहरूबाट सन्यास लिने घोषणा गरेका छन्। यो सँगसँगै उनको 17 वर्षको बेजोड़ करियरको अन्त भएको छ जसमा उनले लगातार उत्कृष्ट प्रदर्शन गरेर धेरैवटा उपलब्धिहरू हासिल गरिरहेका थिए।

दक्षिण कश्मीरको बिजबेहरा निवासी 36 वर्षीय अलराउण्डर जो उपत्याकाका युवा क्रिकेटरहरूको लागि आशाको प्रतीक भएका थिए-ले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)- लाई आफ्नो फसेला बारे जानकारी दिए। रसुलले एक एक दिवसीय र एक टी-20 अन्तर्राष्ट्रिय म्याचमा भारतलाई प्रतिनिधित्व गरिसकेका छन् भने पुणे वरियर्स औ रोयल च्यालेन्जर्स बैंगलोरसित इण्डियन प्रीमियर लीग (आईपीएल)-मा पनि खेलिसकेका छन्।

परवेज़ रसुलले पत्रकारहरूसित बातचित गर्दै भने, जम्मू-कश्मीरको क्रिकेटको विकास गाथाको अंग बन्न पाउँदा आफूलाई गर्व लागेको छ। यतिका वर्षसम्म रसुलले आफूलाई विश्वासिलो अलराउण्डरको रूपमा स्थापित गरेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 5,648 रन बनाएका छन् भने 352 विकेट लिएका छन्। घरेलु क्रिकेटमा उनको लगातार उत्कृष्ट प्रदर्शनको लागि उनलाई रणजी ट्रफीमा सर्वश्रेष्ठ अलराउण्डरको रूपमा प्रतिष्ठित लाला अमरनाथ पुरस्कारले दुई पटक सम्मानित गरिसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande