अज्ञात व्यक्तिको शव भेटियो
अज्ञात व्यक्तिको शव भेटियो


सिलगढ़ी, 20 अक्टोबर (हि.स)। शहरको नौकाघाट संलग्न क्षेत्रबाट एकजना अज्ञात व्यक्तिको शव भेटियो। यस घटनापछि क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। प्राप्त जानकारी अनुसार सोमवार स्थानीय मानिसहरूले एउटा रूखमुनि जंगलभित्र एक जना व्यक्तिको शव देखे। त्यसपछि तत्कालै एनजेपी थानाको पुलिसलाई सूचना दिए। खबर पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande