गुवाहाटी, 20 अक्टोबर (हि.स.)। असमबाट स्पेशल इन्भेस्टिगेशन टीम (एसआईटी)- को दुई सदस्यीय टीम सोमवार जुबिन गर्ग मृत्यु मामिलासित सम्बन्धित आवश्यक प्रमाणहरूको जाँच गर्न सिंगापुर तर्फ प्रस्थान भएको छ।
सूत्र अनुसार टीमलाई एसआईटी प्रमुख एसडीजीपी (सीआईडी) मुन्ना प्रसाद गुप्ताले अगुवाई गर्नेछन् भने उनीसित जाँच अधिकारी तरूण गोयल पनि सामेल रहेका छन्। एसआईटी अधिकारीहरूले निश्चित गरेका छन्, सिंगापुरमा बस्ने दशजना असमिया प्रवासीहरूले पहिला जुबिनको अन्तिम इन्टरनेशनल ट्रिपको वरपरको स्थितिलाई बुझ्नको लागि आवश्यक जानकारी साझा गरेर सहयोग गरेका छन्। उनीरूको बयानबाट कथित रूपमा जाँचलाई ती विशेष सम्पर्कको पहिचान गर्न सहयोग प्राप्त भएको छ जसले घटनालाई प्रकाश पार्नसक्छ। टीमले जाँचसित सम्बन्धित प्रमाणहरू संकलन गर्नेछ। ती मानिसहरूसित बातचित गर्नेछ जसको विदेशमा दिवंगत कलाकारसित प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भएको थियो। यो हाई प्रोफाइल जाँच शुरू भएपछि एसआईटीको पहिलो अन्तर्राष्ट्रिय फिल्ड भ्रमण हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा