दक्षिण 24 परगना, 20 अक्टोबर (हि. स.)। जिल्लाको बासन्ती हाइवेमा सोमवार भोर बिहान एक सड़क दुर्घटनामा परी दुईजना युवकहरूको घटनास्थलमै मृत्यु भयो। मृतकहरूकोपहिचान अब्दुल हलिम मोल्लार सैफुद्दीन मोल्लाकोरूपमा भएको छ।
सूत्रअनुसारयोदुर्घटना बासन्ती थानान्तर्गत आमझाड़ाक्षेत्रमा भएको हो। दुवै बाइक एका-अर्काको विपरीत दिशाबाट आइरहेको थियो। नियन्त्रण गुमाएपछि दुवै बाइक आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयोष दुवै घाइतेहरूलाई स्थानीय मानिसहरूले तत्कालै नजिकैको अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।
दुर्घटनापछि बासन्ती हाइवेमा केही समयसम्म यातायात बाधित भयो। तथापि पुलिसले हस्तक्षेप गरेर स्थितिलाई सामान्य बनायो। प्रारम्भिक जाँचमा अनुमान लगाइँदैछ कि यो दुर्घटना द्रूत गति अनि नियन्त्रण गुमाएको कारणले भएको हो। पुलिसले यो पनि जाँच गरिरहेको छ, दुर्घटनाको पछाड़ि अन्य कारण त थिएन।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा