द्रूत गतिको स्कर्पियोको चपेटमा परी दुई युवकको मृत्यु
द्रूत गतिको स्कर्पियोको चपेटमा परी दुई युवकको मृत्यु


झाड़ग्राम, 20 अक्टोबर (हि. स.)। झाड़ग्राम राष्ट्रिय राजमार्गमा गए आइतवार राति भएको सड़क दुर्घटनामा दुई युवकको मृत्यु भयो। घटना झाड़ग्राम थाना अन्तर्गत चुनरीमोड़ क्षेत्रमा भएको बताइँदैछ। मृतकहरूको पहिचान झाड़ग्राम जिल्लाको बेलियाबेड़ा थाना अन्तर्गत नेतुनडीही ग्रान निवासी विमल सिंह र अमित सिंहको रूपमा भएको छ।

पुलिस सूत्र अनुसार गए आइतवार राति लगभग 8 बजी दुई जना युवकहरू सड़कमा पैदल हिँड़िरहेका थिए, अचानक द्रूत गतिको स्कर्पियोले उनीहरूलाई भयानक ठक्कर दियो जसले गर्दा दुवै युवकको घटनास्थलमै मृत्यु भयो।

घटनापछि स्थानीय मानिसहरूमा आक्रोश फैलियो। बीड़ले केही समयसम्म पथ अवरोध गऱ्यो जसले गर्दा लगभग एक घण्टासम्म यातायात बाधित रह्यो। पछि पुलिसको हस्तक्षेपमा स्थिति सामान्य भयो अनि सड़कमा यातायात बहाल भयो।

पुलिसले दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएर घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande