मालदा, 20 अक्टोबर (हि.स.)। मालदा जिल्लामा सोमवार अपरान्ह लगभग 2 बजे पुलिसले ठूलो सफलता हासिल गर्दै 1.4 करोड़ रुपियाँको ब्राउन शुगरसितै एकजना महिलालाई पक्राउ गरेको छ। महिलाको पहिचान कञ्चन देवी (35)- को रूपमा भएको छ जो बिहारको नाथ नगर निवासी रहेको बताइएको छ।
आरोप छ, महिला 01 किलो 343 ग्राम ब्राउन शुगरसितै टोटोमा सवार भएर कालीचकदेखि फरक्का गइरहेकी थिई। गुप्त सूचनाको आधारमा पुलिसले उसलाई समातेर जाँच गर्दा उसको कब्जाबाट ब्राउन शुगर अतिरिक्त 18 हजार 250 रुपियाँ नगद पनि जफत गऱ्यो। यस नशालु पदार्थको स्थानीय बजार मूल्य अनुमानित लगभग 1.4 करोड़ रुपियाँ रहेको छ। यस मामिालामा विशेष कारबाही गर्दै पुलिसले आरोपीलाई पक्राउ गरी विशेष मामिला दर्ता गरेको छ।
मालदा जिल्लाका पुलिस अधीक्षक प्रदीप यादवले भने, यो पक्राउ जिल्लामा ड्रग्स तस्करीविरूद्ध हाम्रो निरन्तर कारबाहीको एक भाग हो। हामी यसप्रकारको गैरकानूनी गतिविधिहरूलाई सहन गर्ने छैनौं अनि अपराधीहरूमाथि कड़ा नजर राखिरहेका छौं। जनतासित अपील छ, उनीहरूले यस्तो मामिलाको सूचना पुलिसलाई तत्परताले दिउन् ताकि हामी मालदालाई नशामुक्त बनाउन सकौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा