
मीरजापुर, 20 अक्टोबर (हि.स.)। ड्रमंडगंज थाना क्षेत्रको महुगढ़ी गाउँ स्थित हनुमान मन्दिर धर्मशालामा सोमवार प्रयागराज जिल्लाको एक अधबैसेको शव भेटियो। मृतकको पहिचान मोती आदिवासी (50) निवासी बरहुला गाउँ, थाना कोरांव, प्रयागराजको रूपमा गरिएको छ। उनी तीन महिना अगाड़ी अहमदाबादमा मजदूरी गर्न गएका थिए।
एसआई शिवाकान्त पाण्डेय अनुसार, मृतकका छोरा शास्त्री कुमार आदिवासीले बताए, 16 अक्टोबरमा उनका पितासित अन्तिम चोटि फोनमा कुरा भएको थियो र भनेका थिए कि उनलाई ज्वरो आएको छ र 17 अक्टोबरमा घरको निम्ति निस्किनेछऩ्। आइतवारसम्म घर पुग्ने कुरा भएको थियो तर उनी पुगेनन्। सोमवार बिहान हनुमान मन्दिरको धर्मशालामा शव भेटिएपछि गाउँले र पुजारीले पुलिसलाई सूचना दिए। घटनास्थलमा पुगेको पुलिसले मृतकको गोजीमा भेटिएको आधार कार्डबाट पहिचान गरी परिजनहरूलाई सूचित गरे। सूचना पाउनसाथ मृतककी पत्नी रानी देवी र छोरा घटनास्थलमा पुगे र शवको पहिचान गरे।
एसआई शिवाकान्त पाण्डेयले बताए, मृतकको शरीरमा कुनै प्रचारको चोटको निशान छैन। मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुनसक्नेछ। घटनाले मृतकका परिजनहरूमा शोकको माहोल छ।
हिन्दुस्थान समाचार / भवानी थामी